स्मरण शक्ति तेजिलो पार्न मन–मस्तिष्क सक्रिय
मानिसको मस्तिष्कमा क्षय पुगेर स्मरण शक्तिमा ह्रास आउँदै जानु नै अल्जाइमर रोग हुनु हो। यस रोगको सन् १९१० जुलाई १५ का दिन एलोइस अल्जाइम भन्ने व्यक्तिको नामबाट नामकरण गरिएको हो। यो विस्मृतिजन्य रोगले व्यक्तिका अनेकौं क्रियाकलाप र गतिशीलतामा पूर्णतया ह्रास ल्याउँछ र विवेचनारहित अवस्थामा पु¥याउँछ। अल्जाइमर रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास र सचेतना अभियानबारे व्यापक बनाउन विश्व अल्जाइमर दिवस मनाइन्छ।
आज संसारमा मानिसको व्यस्तता र खानपिनको प्रभावले अल्जाइमर रोगबाट अत्यधिक मानिस पीडित छन्। यसबाट मुक्त रहने उपाय व्यापक बनाउनु सबैको दायित्व हो। अल्जाइमर रोगबाट बच्न सचेत गराउने र अल्जाइमर रोग लगायतका डिमेन्सिया सम्बन्धित उपेक्षालाई हाँक दिने अन्तर्राष्ट्रिय महाअभियान मानिन्छ यो दिवस। के कति मानिस डिमेन्सियाबाट पीडित छन् ? यकिन तथ्यांक छैन। यद्यपि विश्वमा औसत ५ करोडभन्दा बढी मानिस डिमेन्सियामा बाँचिरहेका छन्। हरेक वर्ष बढ्दो रूपमा लाखौं मानिस यस रोगले प्रभावित छन्।
अल्जाइमर रोग डिमेन्सियाको सामान्य प्रभाव पार्ने कारक तत्व हो। यससँग सम्बन्धित लगभग ६० देखि ७० प्रतिशत रोगका परिस्थिति यसै कारणका उपज हुन्। जसको सामान्यतया न्युरोलोजिकल अवस्थाको चित्रण हो। यसर्थ व्यक्तिको स्मरण सोचाइ र आहार–व्यवहारमा विल्कुल असर पार्छ। जसले शारीरिक र मानसिक रूपमा सुस्त तुल्याइ गम्भीर परिस्थितिमा पु¥याउँछ। जसले गर्दा व्यक्तिको मानसिक र शारीरिक स्वतन्त्रतामा समेत असर पार्छ। यस रोगलाई आनुवंशिकी, जीवनशैली र समग्र स्वास्थ्यको परिस्थितिले पनि निम्त्याउँछ। यो एक जटिल अवस्था हो।
डिमेन्सिया भएका व्यक्ति र तिनका परिवारलाई आत्मबल बढाउन र प्रोत्साहित गर्नेगरी आचरणको विकास गर्नुपर्ने देखिन्छ। यसबारे विश्वव्यापी अनुसन्धान गर्न, रोकथाम र हेरचाह गर्नेगरी पहलकदमीका कार्यक्रम सञ्चालन गर्न सरकार, संघ–संस्था र व्यक्तिहरूलाई लागि पर्नुपर्छ। डिमेन्सियाबाट प्रभावित व्यक्तिहरूको जीवनलाई फरक पार्न सक्ने थुप्रै पक्ष छन् :
क) अनुभव आदानप्रदान : अल्जाइमरबाट पीडित व्यक्तिलाई आफ्ना अनुभव सुनाउनाले त्यस्तालाई एक्लो महसुस हुनबाट जोगाउँछ र स्फूर्ति बढाउन मद्दत गर्छ। यसका लागि प्रोत्साहित गर्न सक्ने ब्लग पोस्ट गर्ने र भिडियो रेकर्ड गरेर सुन्न सक्ने प्रबन्ध मिलाउनु पर्छ।
ख) जागरुकता : जनमानसमा जनचेतना व्यापक बनाउन विभिन्न सामाजिक सञ्जाललाई प्रयोगमा ल्याउन सकिन्छ। यस माध्यमबाट अल्जाइमर सम्बन्धित शैक्षिक चेतनाको पहुँच विस्तार गर्न सकिन्छ। यसबारे विषय केन्द्रीकृत कार्यशाला
र समूहगत कार्यक्रमहरूको सञ्चालन गर्नु उपयुक्त हुन्छ।
ग) कोष संकलन: अल्जाइमर रोगको अनुसन्धान र चेतनामूलक कार्यका लागि छुट्टै कोष सञ्चालन गर्नु वाञ्छनीय छ। आर्थिक संकलनका लागि विभिन्न दातृसंस्था र इच्छुक व्यक्तिबाट अनुदान सहयोग लिन सकिन्छ। साथै, सांस्कृतिक महोत्सव, बेक सेल, रमाइलो दौड र क्विज नाइट जस्ता कार्यक्रम सञ्चालनमा ल्याउन सकिन्छ। यसका लागि अल्जाइमर्स इन्टरनेसनल जस्ता प्रतिष्ठित संस्थासँग
सहकार्य बढाउन सकिन्छ। स्थानीय सरकार वा जनप्रतिनिधिसँग सहयोग र सहकार्य जरुरी छ।
घ) स्वयंसेवक : आआफ्ना स्थानीय क्षेत्रमा रहेका डिमेन्सिया सहायता संस्था वा हेरविचार केन्द्रलाई सहयोग पुग्ने गरी समय र सीपहरू प्रदान गरेर प्रशासनिक कार्यको सहयोग पु¥याउनु महत्वपूर्ण हुनेछ। यसका लागि स्वार्थरहित स्वयंसेवक जागृत हुनुपर्छ। अल्जाइमर भएका मानिस र तिनका परिवारलाई सहयोग सचेतना बढाउनु सबैको दायित्व हो।
यो वर्ष ३१औं विश्व अल्जाइमर चेतना दिवसको नारा ‘अबको आवश्यकता : अल्जाइमर्स डिमेन्सियामा क्रियाशीलता’ हो। यो रोगबाट पीडित क्रियाशील रहनुपर्छ। शरीर, मन र मष्तिस्कलाई जति क्रियाशिल राख्यो त्यति नै यो समस्या र असरलाई न्यूनीकरण गर्न सकिन्छ। डिमेन्सिया अल्जाइमरको पिरलोबाट केही मुक्त हुन र राहतको श्वास फेर्न सकिन्छ। यसका साथै सरोकारवाला व्यक्ति अर्थात् परिवारकार सदस्य र प्रभावितले पनि विशेष ख्याल गर्नुपर्छ। रोगी पीडितलाई मात्र एक्लै छोडेर पनि हुँदैन।
‘कहिल्यै धेरै चाँडो हुँदैन, कहिल्यै धेरै ढिलो हुँदैन’– सन् २०२३ को यो नाराको विषयवस्तु जोखिम कारकहरू र जोखिम न्यूनीकरणमा केन्द्रित छ। डिमेन्सियाको सुरुआतलाई सम्भावित ढिलाइ वा रोक्नसमेत उनीहरूको महत्वपूर्ण भूमिकालाई जोड दिन्छ। यसले प्रारम्भिक हस्तक्षेप, स्वस्थ जीवनशैलीको छनोट र रोकथामका उपायहरूको रूपमा मानसिक स्वास्थ्यको नियमित अनुगमनलाई प्रोत्साहित गर्छ। यसले महत्वपूर्ण रूपमा ख्याल गर्छ कि जोखिम न्यूनीकरण रोगको पहिचान गरिसकेपछि पनि जारी रहनु पर्छ। किनकि जीवनशैली र स्वास्थ्य कारकहरू प्रबन्ध गर्नाले सम्भावित रूपमा रोगको प्रगतिलाई ढिलो गर्न र जीवनको गुणस्तरमा सुधार गर्न सकिन्छ।
सन् २०२२ र २०२१ मा ‘डिमेन्सिया जान्नुहोस्, अल्जाइमरलाई जान्नुस्’ भन्ने समान नारा तय गरिएको पाइयो। यसले रोग पहिचानपछि चलिरहेको हेरचाह र सहयोगको महत्वलाई उजागर ग¥यो। यसमा पर्याप्त स्वास्थ्य सेवा, सामाजिक सहयोग, परामर्श र डिमेन्सिया र अल्जाइमरसँग बाँच्नेहरूको जीवनको गुणस्तर सुधार गर्न अनुकूल हेरचाहका योजनाहरू समावेश गरिएको थियो। यसले मानिसलाई लक्षण, प्रगति र अवस्थाहरूको प्रभावहरूसँग परिचित हुन आमन्त्रित ग¥यो। रोग पहिचान भएकाहरूका लागि मात्र होइन तर हेरचाह गर्नेहरू र प्रियजनहरूका लागि पनि हो। डिमेन्सिया र अल्जाइमरबाट प्रभावित भएकाहरूका लागि थप समावेशी, समझदारी र सहयोगी समाजलाई प्रवद्र्धन गर्ने लक्ष्य प्रष्ट हुन पुग्यो।
२०२० र २०१९ मा ‘डिमेन्सियाको बारेमा कुरा गरौं, अपमानको अन्त्य गरौं’ भन्ने नारा लिएर मनाइयो। डिमेन्सियाबारे खुला छलफललाई प्रोत्साहित गर्नेे, जसले रोगसँग सम्बन्धित अपमान हटाउन मद्दत गर्छ। डिमेन्सियाबारे कुरा गरेर धेरै मानिसलाई मद्दत, सहयोग गर्न सकिन्छ। चाँडो रोग पहिचान गर्न सहज तुल्याउँछ। सन् २०१८ मा ‘प्रत्येक घडी सेकेन्ड’– यो विषयवस्तुले डिमेन्सियाको विश्वव्यापी प्रभावलाई महत्व दिन्छ। यस तथ्यमा ध्यानाकर्षण गराउँछ कि विश्वव्यापी रूपमा, प्रत्येक तीन सेकेन्डमा डिमेन्सियाको नयाँ रोगी व्यक्ति देखा पर्छन्।
२०१७ र २०१६ मा ‘मलाई सम्झनुहोस्’ भन्ने नारा तय गरियो। यसले विश्वभरका मानिसलाई डिमेन्सियाका लक्षणहरू पहिचान गर्न र सम्झन आग्रह गरेको छ। चाँडो रोग पहिचानले सही उपचार, सल्लाह र समर्थन प्राप्त गर्ने सम्भावनालाई अनुकूल गर्न सक्छ। यसरी सम्बन्धित रोगीपीडित र प्रभावितलाई सचेत हुन र हेरचाह व्यवस्थापनमा मद्दत पु¥याउँछ।
श्रेष्ठ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष हुन्।