साउदीमा पनि मनाइयो संविधान दिवस

साउदीमा पनि मनाइयो संविधान दिवस
सुन्नुहोस्

साउदी : नेपाली दूतावास रियादले साउदी अरेबियामा  संविधान दिवस मनाएको छ। साउदीका लागि नेपाली दूतावास रियाद तथा वाणिज्य दूतावास प्राङ्गणमा  संविधान दिवस मनाइएको हो। 

संविधान दिवस असोज ३ गते पर्ने भए पनि साउदीमा भने समय अनुकूल पारेर शुक्रबार सो कार्यक्रम गरिएको हो।

रियादमा भएको कार्यक्रममा  कार्यवाहक राजदूत डमरूबल्लभ पौडेलले  संविधानले सबै समुदाय, जाति र लिंगका लागि समान अधिकार  र प्रतिनिधित्व सुनुश्चित गर्दै आर्थिक विकासको मार्ग प्रशस्त गरेको बताए ।

उनले नेपाल–साउदी अरेबियाबीच सौहार्दता, मित्रता र सहयोगको उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेको साथै नेपाली नागरिकको हितका लागि निरन्तर सहयोग र अभिनन्दन गरेकोमा साउदी सरकारप्रति आभार व्यक्त गरे। उनले नेपाल साउदीबीच श्रम सम्झौतामा जोड दिनुको साथै   नेपाली कामदारको न्यूनतम तलव १०००.३०० हुनुपर्ने मा जोड दिए। 

कार्यक्रममा नेपाली दूतावास रियादले  एक वर्षमा गरेका कार्यहरूको प्रतिवेदन प्रथम सचिव टिकाराम उपाध्यायले प्रस्तुत गरेका थिए। स्वागत मन्तव्य श्रम काउन्सेलर देबेन्द्र कार्कीको रहेको थियो।  दूतावासमा झण्डोतोलन कार्यक्रमसमेत रहेको थियो। कार्यक्रममा साउदीमा रहेका भातृसंगठन, सामाजिक, जिल्ला, जातीय, मिडिया प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै उपस्थित केही प्रतिनिधिले संविधान दिवसको शुभकामना दिंदै  संविधानमा उल्लेख गरिएका हक अधिकारको बारेमा प्रष्ट पार्दै दूतावासमा आवश्यक सुझावसमेत दिएका थिए।

कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति रहनुको साथै एनआरएन साउदीले दूतावास मार्फत साउदी अरेबियाको पूर्वी प्रान्तको लागि वाणिज्य दूतावास वा कुटनैतिक कर्मचारीसहितको सम्पर्क कार्यालयको लागि परराष्ट्र मन्त्रालयलाई लेखिएको निवेदक कार्यबाहक राजदूत डमरूबल्लभ पौडेललाई बुझाएको थियो।

त्यस्तै वाणिज्य दूतावास जेद्दालेसमेत संविधान दिवस मनाएको छ। कार्यवाहक वाणिज्य दूत शत्रुधन पोखरेलले कार्यक्रममा उपस्थित नेपाली समुदायलाई संविधान दिबसको शुभकामना दिंदै नेपाल र साउदी अरबबीच पर्यटन, लगानी र व्यापारका लागि महत्वपूर्ण अवसर रहनुको साथै पर्यटन व्यवसायी र व्यापारिक संस्थालाई नेपालमा विदेशी लगानीका अवसर खोजिनुपर्नेमा जोड दिएका थिए। वाणिज्य दूतावाससँग सहकार्य गरी नेपाली समुदायमा गरेको कार्यको सम्मान गर्दै व्यक्ति तथा संस्थालाई प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो।

साथै भातृसंगठन संस्था प्रवासी नेपाली मंचलेसमेत संविधान दिवसको अवसरमा  शुभकामना आदानप्रदान तथा भेटघाट  कार्यक्रम आयोजना गरेको थियो। संविधानको बारेमा प्रष्ट पार्दै  सबै नेपाली नागरिकमा संविधान लागू हुनुपर्ने भन्दै शुभकामना दिएका थिए। साथै नेपालको प्रचलित  संविधान दिवस समय अनुकूल पारेर कतार, युएई, ओमन  लगाएतका दूतावासहरूले समेत मनाउँदै शुभकामना व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.