श्रीलंकामा मतदानपछि सुरक्षा कडा, देशभर कर्फ्यू

श्रीलंकामा मतदानपछि सुरक्षा कडा, देशभर कर्फ्यू
सुन्नुहोस्

कोलम्बो : भारतको छिमेकी देश श्रीलंकामा करिब दुई वर्षअघि आर्थिक अवस्था बिग्रिएपछि ठूलो प्रदर्शन भएको थियो। त्यसपछि शनिबार मुलुकमा पहिलो पटक राष्ट्रपति छनोटका लागि मतदान भयो।

श्रीलंकामा राष्ट्रपतीय निर्वाचनको मतदान सकिएको केही घण्टापछि नै देशभर कर्फ्यू लगाइएको छ। मुलुकमा शान्तिपूर्ण रुपमा मतदान भएपनि सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको अधिकारीहरुले जनाएका बीबीसी समाचारमा उल्लेख छ।

श्रीलंकामा मतगणना भइरहेको छ। अहिले सुरक्षा अधिकारीहरू सडकमा गस्ती गरिरहेका जनाइएको छ। यो निर्वाचनलाई पाकिस्तानी  अर्थतन्त्रको व्यवस्थापनमा  महत्त्वपूर्ण मानिएको छ। 

प्राप्त तथ्याङ्कले मुलुकमा करिब ७० प्रतिशत मतदान भएको देखाएको छ। श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेसमेत  कीर्तिमानी ३८ जना उम्मेदवार चुनावी मैदानमा छन्। 

श्रीलंकाको राष्ट्रपति चुनावमा हुलाक भोटको प्रारम्भिक नतिजाले प्रमुख वामपन्थी नेता अनुरा कुमारा दिसानायका अगाडि रहेको देखाएको बीबीसीमा उल्लेख छ। हुलाक मतपत्र सकिएपछि शनिबार कागजी मतगणना हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.