२०२५ को क्वाड सम्मेलन भारतमा हुने

२०२५ को क्वाड सम्मेलन भारतमा हुने
सुन्नुहोस्

नयाँ दिल्ली : अमेरिकाको डेलावेयरमा भएको क्वाड सम्मेलनपछि भारतका विदेश सचिव विक्रम मिश्रीले सन् २०२५ को क्वाड सम्मेलन भारतमा हुने बताएका छन्।

उनले चौध सम्मेलनमा भएको छलफलबारे पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । सम्मेलनमा उनले भारतले २०२५ मा क्वाड शिखर सम्मेलनको आयोजना गर्ने बताएका हुन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले जापान र अष्ट्रेलियाका प्रधानमन्त्रीसँग पनि भेट गरेको विदेश सचिवले बताए । रुस–युक्रेन द्वन्द्वको शान्ति सम्झौतासँग सम्बन्धित प्रश्नमा परराष्ट्र सचिव विक्रम मिश्रीले भने, ‘हामी सबै पक्षका वार्ताकारहरूसँग निरन्तर वार्तामा संलग्न छौं भन्ने कुरामा म फेरि जोड दिन चाहन्छु ।'

यसका लागि धेरै काम गर्नुपर्ने भएकाले अहिले कुनै नतिजा आउने सम्भावना नरहेको उनले बताए तर यस विषयमा निकै महत्वपूर्ण छलफल चलिरहेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.