समाजवादी मोर्चा सक्रिय बनाउन खोज्दै माओवादी केन्द्र, सातै प्रदेशमा प्रशिक्षण गर्दै

समाजवादी मोर्चा सक्रिय बनाउन खोज्दै माओवादी केन्द्र, सातै प्रदेशमा प्रशिक्षण गर्दै
सुन्नुहोस्

काठमाडौं : सत्ताबाट बाहिर गएपछि प्रदेशस्तरीय परामर्श समितिको बैठक गरेको माओवादी केन्द्रले समाजवादी मोर्चा नेपाललाई अगाडि बढाउने तयारी थालेको छ। केन्द्रीय समिति बैठकअघि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बीच परामर्श बैठक गरेको माओवादी केन्द्र - एकीकृत समाजवादीसँग मिलेर सरकारविरुद्ध समाजवादी मोर्चालाई सक्रिय बनाएर अगाडि बढ्न लागेको हो। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत आफ्नो विपक्षी मोर्चामा सहभागी गराउन प्रयत्न गरेपनि तत्काल माओवादीको मोर्चाको जान नसकिने नेताहरुले बताएका छन्। संसद्मा प्रमुख प्रतिपक्ष रहेको माओवादी केन्द्र तेस्रो र रास्वपा चौथो रहेका छन् भने उनीहरुले सरकारविरुद्ध अघोषित रुपमा मोर्चा बनाएका छन्। 

प्रतिपक्षमा पुगेका माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले मुद्दाका आधारमा सहकार्य गर्न सकिने निष्कर्ष भने निकालेका छन्। रास्वपाका सभापति रवि लामिछानेको बिहीबार राजनीतिक प्रतिवेदन पारित गर्दै मुद्दा मिल्ने दलसँग सहकार्य गर्ने जनाएका छन्। प्रमुख प्रतिपक्ष दल माओवादीसँग मुद्दाका आधारमा संसद्‍मा सहकार्य हुने रास्वपाका नेताहरुको भनाई छ। प्रचण्डले पनि सत्तामा रहेका उपेन्द्र यादव, प्रभु शाह र रास्वपालाई आफ्नो पक्षमा ल्याउन प्रयत्‍न भइरहेको बताउँदै आएका छन्। यता, डा. बाबुराम भट्टराईले भने नेसपा (महिन्द्र राय यादव पक्ष सहभागी भएपछि) लाई मोर्चामा आबद्ध गराइएको भन्दै आपत्ति जनाउँदै आएका छन्। 

यसैगरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि शुक्रबार एमाले र कांग्रेसले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय रहेको बताएका थिए। ‘समयमै यो कुरामा होस् जाओस्। मनपरी ढंगले चल्ने र हाम्रो पार्टीलाई बेवास्ता गर्ने, अण्डरमाइण्ड गर्ने यस्तो प्रवृत्ति अत्यन्तै निन्दनीय छ। आलोच्य छ।’ उनले भनेका थिए, ‘हामी सबै कुरामा छलफल गरेको चाहन्छौं। हामीसँग राष्ट्रियताको सवालमा कसैले सहकार्य गर्न चाहनुहुन्छ भने, लोकतन्त्रको सवालमा, परिवर्तनको सवालमा सहकार्य गर्न चाहनुहुन्छ। एकताबद्ध भई हातेमालो गर्न तयार छौं।’

माओवादी केन्द्रको दोस्रो साता बसेको स्थायी समिति बैठकबाटै समाजवादी मोर्चालाई सक्रिय बनाउने निर्णय गरिसकेको छ। सोही अनुसार समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मोर्चा एवम् एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता प्रमेश हमालले मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलनलगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न लागेको बताए। हमालले मोर्चामा आबद्ध पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिने कार्यक्रम तय भएको बताए। 

समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.