वाग्लेको नेतृत्वमा सांसदसहित रास्वपाका १४ नेता चीन भ्रमणमा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको १४ जना नेता १० दिने भ्रमणका लागि चीन गएका छन्। पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वमा शनिबार राति ७ जना सांसद र ७ जना नेता चीन भ्रमणमा गएका छन्।
भ्रमण टोलीमा उपाध्यक्ष वाग्लेसहित सांसदहरु शिशिर खनाल, मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली रहेका छन्।
यसैगरी पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्यहरू बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ भ्रमण टोलीमा रहेका छन्।
भ्रमणका क्रममा उनीहरुले बेइजिङ, छेङ्दु, चोङक पुग्नेछन्। उनीहरुले चीनमा सांस्कृतिक अध्ययन, विश्वविद्यालयको भ्रमण गर्ने र केही ‘इनोभेसन ल्याब’हरुको अवलोकन गर्ने कार्यतालिका रहेको रास्वपाले जनाएको छ ।