मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
तस्बिर : अभिशेक महर्जन

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले भक्तपुरस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो। साइबर ब्युरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

उनलाई अहिले भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा राखिएको छ। भेट्न खोज्न जाँदा उनका एकजना समर्थकलाई समेत प्रहरीले  नियन्त्रणमा लिएको छ।

यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो। उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि अदालतले पक्राउ अनुमति दिएको हो।

झन्डै १५ दिन अगाडि उनीविरुद्ध प्रहरीको साइबर व्युरोमा उजुरी दर्ता भएको थियो। त्यसैको आधारमा प्रहरी जिल्ला अदालत गएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.