कोप २९ मा जलवायु परिवर्तनको असरलाई विश्व माझ जानकारी गराउँछौं : वनमन्त्री ठकुरी

कोप २९ मा जलवायु परिवर्तनको असरलाई विश्व माझ जानकारी गराउँछौं : वनमन्त्री ठकुरी
सुन्नुहोस्

काठमाडौं : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन कोप २९ का लागि आवश्यक तयारी भइरहेको बताएका छन्।

सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा जलवायु परिवर्तनको असरलाई विश्व माझ जानकारी गराउने गरि कोप २९ सहभागी हुने गरि तयारी भइरहेको जानकारी दिए।

कोप २८ को निष्कर्ष कार्यान्वयनको चरणमा रहेको अवस्थामा कोप २९ मा नेपालको प्रतिनिधित्व प्रभावकारीका साथै उपलब्धिपूर्ण बनाउन विज्ञहरुसँग छलफल गरेको उनको भनाई छ।

उनले उक्त सम्मेलनमा आवश्यक संख्या र सम्बन्धित व्यक्तिहरुलाई मात्रै सहभागी गराइने समेत बताए। बैठकमा समिति सदस्यहरुले नेपालमा जलवायु परिवर्तनले पुर्‍याइरहेको असर र यसका कारण नागरिकले भोग्नुपरेका समस्याहरु विश्वलाई अवगत गराउनु अपरिहार्य रहेको धारणा राखेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.