संविधान संशोधनका विषयमा दलहरुबीच असमझदारी उचित होइन : सभामुख

संविधान संशोधनका विषयमा दलहरुबीच असमझदारी उचित होइन : सभामुख
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा दलहरु बीचको असमझदारी उचित नहुने बताएका छन्। आइतबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संविधान कार्यान्वयनको ९ वर्ष पुरा भएको अवस्थामा यसलाई थप स्थायित्व दिन संशोधन जरुरी रहेको बताएका हुन्।

उनले  यस विषयमा दलहरुबीचको असमझदारी उचित नहुने बताए। उनले सबैको सहमति र सहकार्यका साथै समझदारीका साथ संविधान संशोधनको निकास निकाल्नुपर्ने धारणा राखे। संविधान संशोधनको विषय सरकारको नभई संसदले प्रक्रिया मिलाएर टुङ्गो लगाउने विषय भएको उनको भनाइ छ। घिमिरेले संविधान संशोधनको पक्ष–विपक्षमा नारा वाजी हुनु दुःखद कुरा भएको उल्लेख गरे। सभामुख घिमिरेले संविधान कार्यान्वयनका क्रममा जनताले भोगेका अनुभवलाई लिएर संशोधन गर्नुपर्ने भन्दै यसलाई हार वा जितको विषय बनाउन नहुने बताए।

उनले संविधान कार्यान्वयनका क्रममा प्रयाप्त ध्यान दिन नसकेको र पर्याप्त ऐन बनाउन नसकिएको जिकिर गरे। जसका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.