उपेन्द्र यादवले जनताको हितमा काम गरेनन्, हैकमवादी शैली देखिएपछि पार्टी फुटाएका हौं : प्रदीप यादव

उपेन्द्र यादवले जनताको हितमा काम गरेनन्, हैकमवादी शैली देखिएपछि पार्टी फुटाएका हौं : प्रदीप यादव
सुन्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले जनताको वास्तविक समस्या समाधान गर्न असफल भएको थियो।

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव प्रदीप यादवले जनता र मुलुकको विकासलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताएका छन्। पर्साको पर्सागढी नगरपालिका – ८ हरपुरमा आइतबार आयोजित कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै खानेपानी मन्त्री समेत रहेका यादवले जसपाले जनताको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताए।

उपमहासचिव यादवले भने,‘जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेको छ। हाम्रो पार्टीले नीतिगत रूपमै जनताको हितमा काम गरिरहेको छ। मुलुकलाई सही मार्गमा लैजान सक्षम नीति र कार्यक्रम अघि सारेको छ।’

जसपा नेपालसँग अलग्गिएर जसपा गठन गर्नु पछाडिको कारण उपेन्द्र यादवको गलत नेतृत्व र हैकमवादी शैली भएको उनले बताए। उनले भने, ‘उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले जनताको वास्तविक समस्या समाधान गर्न असफल भएको थियो। उहाँको पार्टीले केवल नारामै सीमित रहेर जनतामा भ्रम उत्पन्न गरेको छ। मधेसको अधिकार दिलाउने नाममा पटक–पटक सत्तासँग सम्झौता गरेको छ।’

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) समेत रहेका यादवले स्थानीयस्तरमा देखिएका विकास निर्माणका चुनौतीहरू, विशेष गरी खानेपानी र सरसफाइका समस्याहरू समाधान गर्न पार्टीका जनप्रतिनिधिहरूसँग पनि अन्तर्क्रिया गरे। उनले पर्सामा देखिएका खानेपानीका समस्याहरू समाधान गर्न मन्त्रालयले दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताए।

कार्यक्रममा शनिबार मात्रै जसपा नेपाल परित्याग गरि जसपामा प्रवेश गरेका जिल्ला सचिव तबरेज अहमदले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको नकारात्मक नेतृत्व शैलीले आफू र अन्य नेताहरूले पार्टी छोड्न बाध्य भएको बताए। उनले भने,‘जसपा नेपालमा रहँदा जनताका समस्याहरूलाई प्राथमिकतामा राखेर काम भएको देखिनँ। पार्टीले जनअपेक्षा अनुसार प्रगति गर्न सकेन, त्यसैले मैले जसपा पार्टीमा प्रवेश गर्ने निर्णय गरेँ।’

अहमदले थपे,‘पार्टीभित्र लोकतान्त्रिक प्रक्रियाको अभाव, अध्यक्षको अराजक र असन्तुलित निर्णयले गर्दा हामी जसपा नेपालप्रति निराश भएका हौँ। उपेन्द्र यादवको नेतृत्वमा सङ्गठनको मूल सिद्धान्त र पार्टीका उद्देश्यसँग असङ्गत गतिविधिहरूले असन्तुष्टि पैदा गर्‍यो। त्यसैले, हामीले पार्टी परित्याग गर्ने निर्णय गर्‍यौँ।’

कार्यक्रममा पर्सागढी – ६ का वडाध्यक्ष नवल किशोर साहले मन्त्री यादवलाई पर्सागढी नगरपालिकामा खानेपानीको अवस्थाबारे जानकारी गराउँदै स्थानीय स्तरमा खानेपानी तथा सरसफाइका समस्याहरू समाधान गर्न सरकारको सहयोगको अपेक्षा व्यक्त गरे।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.