संविधान संशोधनको विषयले आत्तिनु पर्दैन, सबल र दुर्बल पक्षको पहिचान गरेर परिमार्जन गर्नुपर्छ : गृहमन्त्री

संविधान संशोधनको विषयले आत्तिनु पर्दैन, सबल र दुर्बल पक्षको पहिचान गरेर परिमार्जन गर्नुपर्छ : गृहमन्त्री
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको विषयले आत्तिनु पर्ने अवस्था नरहेको बताएका हुन्। संविधान दिवसको सन्दर्भमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा लेखकले संविधान जारी भएको १० वर्षमा समीक्षा गर्नुपर्ने भएकाले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन्।

लेखकले संविधान कार्यान्वयनको समीक्षामार्फत सबल र दुर्बल पक्षको पहिचान गर्दै राष्ट्रियस्तरको छलफल गरेर यसलाई परिमार्जन गर्नुपर्ने धारणा राखे । संविधान संशोधन एउटा कार्यालयको पार्टी कार्यालयबाट नहुने भन्दै सबै राजनीतिक पार्टीका बीचमा सहकार्यबाट संसदबाट गर्नुपर्ने उनले बताए।

लेखकले संविधानका आधारभूत बिषयका माध्यमबाट मुलुकमा दिगो शान्ति, विकास र समृद्धि गर्नका लागि मिलेर जानुपर्ने उल्लेख गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.