सबै दलको समझदारीमा संविधान संशोधन गर्न सकिन्छ : उपाध्यक्ष श्रेष्ठ
काठमाडौं : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरूलाई असर नपर्ने गरि संविधान संशोधन गर्न सकिने बताएका छन्। आइतबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले साझा सहमतिको आधारमा उपलब्धीहरुलाई कुनै असर नपर्ने गरि संविधान संशोधन गर्न सकिने बताएका हुन्।
सबै दलको समझदारीमा हुने संविधान संशोधनमा माओवादीको सहयोग नै रहने उनको भनाई छ। उनले प्रतिगमन मुर्दावाद भनेर मात्रै संविधान र लोकतन्त्रको रक्षा नहुने भन्दै रुपान्तरण, विकास र जीवन पद्धतिमा जनताले खोजेको परिवर्तनको पक्षमा काम गर्नुपर्ने धारणा राखे।
उनले संविधान संशोधनका क्रममा राष्ट्रियता, परराष्ट्र नीति लगायतका विषयमा सहमति कायम गर्नैपर्ने जिकिर गरे।