मधेस प्रदेश सभाको सचिवमा कोइराला नियुक्त
जनकपुरधाम : मधेस प्रदेश सभाको सचिवमा वासु प्रसाद कोइराला नियुक्त भएका छन्।
लामो समयदेखि प्रदेश सभा सचिव विहीनको अवस्थामा रहँदा कामकाजमा कठिनाइ भइरहेको बेला प्रदेश सभाको सचिवमा कोइराला नियुक्त भएका हुन्।
महोत्तरीको बर्दिवास नगरपालिका-१२ निवासी कोइराला अवकास प्राप्त कर्मचारी हुन्। मधेस प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १९५ को (१ ) बमोजिम कोइराला नियुक्त भएका हुन्।
नियुक्त कोइरालालाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सभामुख रामचन्द्र मण्डलले शपथ खुवाएका हुन्।