सिद्धार्थ बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशतसम्मको छुट
सुन्नुहोस्

काठमाडौं : सिद्धार्थ बैंक र चितवनको जंगल भिल्ला रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई (२ रात र ३ दिन) सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। 

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्नेछन्। 

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.