निर्वाचन कानुनलाई समय सापेक्ष बनाउनका लागि बहस जरुरी छ : महामन्त्री थापा

निर्वाचन कानुनलाई समय सापेक्ष बनाउनका लागि बहस जरुरी छ : महामन्त्री थापा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस महामन्त्री गगन थापाले समावेशी समानुपातिक प्रतिनिधित्वलाई बढाउँदै लैजानुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा कांग्रेस महिला विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले एमाले–कांग्रेसको साझा न्यूनतम कार्यक्रममा समेत अहिलेको व्यवस्थालाई सुदृढ बनाउने गरि संविधान संशोधनको बहस हुने जिकिर गरेका हुन्। 

उनले निर्वाचन कानुनलाई पनि समय सापेक्ष बनाउनका लागि पनि व्यवस्थित बहसको जरुरी रहेको बताए। थापाले १० वर्षको संविधानको अनुभवका आधारमा संशोधन गर्न लागेको भन्दै विशेष गरी निर्वाचन प्रणालीको विषय बहसमा रहेको जानकारी गराए।  

थापाले भने, ‘अहिले कांग्रेस, एमाले मिलेर यो प्रणाली हटाउँदै छन् खबरदार भनेर कुनै नेताले भनिरहनुभएको छ। हाम्रो साथीहरू पनि अलिअलि अलमलिएको जस्तो देख्छु। अलमल गर्ने छुट पनि कसैलाई छैन।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.