ज्योति विकास बंकद्वारा बालबालिकालाई कृत्रिम हात प्रदान
काठमाडौं : ज्योति विकास बैंकले ई–नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ बालबालिकालाई कृत्रिम हात हस्तान्तरण गरेको छ। बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले उक्त कार्य गरेको हो।
ई–नेबल नेपालको कार्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकले उक्त कृत्रिम हातहरू आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको हो। प्रदान गरिएका कृत्रिम हातहरूले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ।
हालसम्म बैंकले यस्ता कृतिम हातहरू २६ जना बालबालिकालाई प्रदान गरी उनीहरूको जीवन रूपान्तरण गर्न सहयोग गरिसकेको छ।
बैंकले १६औं वार्षिकोत्सवको अवसरमा ई–नेबल नेपालसँग सहकार्य गरी १६ जना बालबालिकाका लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो। थ्रीडी प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हातहरू हलुका हुनुको साथै औंलाहरू चलाउन पनि मिल्ने तवरले इन्जिनियरिङ गरिएको छ।