प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच न्युयोर्कमा भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच न्युयोर्कमा भेटवार्ता
तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेट भएको छ।

प्रधानमन्त्री सचिवालयका अनुसार संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका उनीहरुबीच सोमबार बिहान (न्यूयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ) भेटवार्ता भएको हो।nullभेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको छ। 

भेटपश्चात प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको जानकारी दिएका छन्।

यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपाल-भारत सम्बन्धलाई अझ गति दिन चाहेको ट्विट(एक्स)मार्फत जानकारी दिएका छन्। उनले छलफल ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित रहेको बताएका छन्।

उनले भनेका छन्, ‘भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं। हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो।’

भेटमा नेपाल र भारतका विदेशमन्त्री र अन्य अधिकारीसमेत सहभागी थिए। ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारत र नेपालका प्रधानमन्त्रीबीच पहिलो पटक भेटवार्ता हो।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार कतार हुँदै अमेरिका प्रस्थान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.