भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल आउँछु भन्नु भएको छ : परराष्ट्रमन्त्री राणा

भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल आउँछु भन्नु भएको छ : परराष्ट्रमन्त्री राणा
फाइल तस्बिर।

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी मोदीबीच सोमबार बिहान भएको साइडलाइन भेटवार्ता भएको हो। 

भेटवार्तामा परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमणमा आउने भनेको बताएकी हुन्। उनले भनिन्, ‘दुई देशका प्रधानमन्त्रीबीच भएको भेटमा भारतीय प्रधानमन्त्री मोदीले आफू छिट्टै नेपाल आउने योजना बनाएको बताउनुभएको छ।’

आजको भेटमा राणाले नेपाल र भारतका द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर देखिएका समस्या समाधान गर्ने सहमति भएको बताइन्। भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतका विदेशमन्त्री एस. जयशंकर र अन्य अधिकारीसमेत सहभागी थिए। null

भेटपश्चात नेपाल-भारत सम्बन्धलाई अझ गति दिन चाहेको बताउँदै भारतीय प्रधानमन्त्री मोदीले ट्विट(एक्स)मार्फत ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित रहेर छलफल भएको बताए।

ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारत र नेपालका प्रधानमन्त्रीबीच पहिलो पटक भेटवार्ता हो। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार कतार हुँदै अमेरिका प्रस्थान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.