गगनप्रति संकेत गर्दै रविको प्रश्न : कसैको राजनीति जोगाउनका निम्ति मैले बलि चढ्नुपर्ने ?

गगनप्रति संकेत गर्दै रविको प्रश्न : कसैको राजनीति जोगाउनका निम्ति मैले बलि चढ्नुपर्ने ?
तस्बिर : सुनिता डंगोल
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुमाथि राजनीतिक प्रतिरोध साध्न खोजेको आरोप लगाएका छन्। प्रहरीले पक्राउ गर्ने संकेत पाएपछि आइतबार राति पार्टीका नेताहरूसँगको छलफलपछि पार्टी कार्यालय बनस्थलीमा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले सहकारी प्रकरणमा जबरजस्त दोषी देखाएर राजनीतिक प्रतिरोध साध्न खोजेको आरोप लगाएका हुन्। 

कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै लामिछानेले भने, ‘कसैको राजनीति जोगाउनका निम्ति मैले बलि चढ्नुपर्ने ? कसैको राजनीति बचाइदिनका लागि मैले प्रतिशोधको सामना गर्नुपर्ने ?’ 

लामिछाने उपप्रधान मन्त्री तथा गृहमन्त्री रहँदा कांग्रेस महामन्त्री थापाले सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन माग गर्दै निवेदन दिएर ऋण लिएको प्रमाण आफूसँग रहेको बताएका थिए। त्यसपश्चात लामिछानेले आफूले ऋण लिएको प्रमाणित भए राजनीति छोड्ने र प्रमाणित नभए गगन थापाले राजनीति छाड्ने कि नछाड्ने भन्दै प्रश्न गरेका थिए। जवाफमा थापाले चुनौती स्वीकारेका थिए। संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि दुई नेताबीचको टक्कर पुन सतहमा आएको हो।

उनले आफूलाई पक्राउ गर्ने विषयमा बुझ्दा पक्राउ गर्ने कुनै तयार नभएको जानकारी पाएपनि सरकारको कुनै भरोसा नभएकाले अलर्टमा बस्ने कार्यकर्तालाई आग्रह गरे। सहकारी छानविन समितिको प्रतिवेदनले समेत सहकारी प्रकरणमा कुनै संलग्नता नरहेको दाबी गर्दै लामिछानेले आफू निर्दोष रहेकाले जस्तोसुकै अनुसन्धानमा सघाउन तयार रहेको जिकिर गरे।

लामिछानेले आफूले कानुन मान्ने, अनुसन्धानमा सघाउने तर कसैको अन्याय नसहने स्पष्ट पारे। उनले थपे, ‘रास्वपाको राजनीतिक प्रतिवेदनमा पनि स्पष्ट पारेको थिएँ– मैले सरकारलाई स्पष्ट भनेको छु। मलाई तपाईंहरूको अनुकूलता चाहिँदैन कुनै फेवर चाहिँदैन। तर, अन्याय गर्न पाइँदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.