लापरबाही

प्रहरीको हिरासतबाट ९ जना फरार

प्रहरीको हिरासतबाट ९ जना फरार
सुन्नुहोस्

जनकपुरधाम : धनुषा प्रहरीको हिरासतबाट ९ जना फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट आज बिहान ९ जना थुनुवा फरार भएका छन्। 

बिहान करिब सवा ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेशन फोडेर ९ जना फरार भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ। एक हिरासत कक्षमा रहेका १० जना थुनुवामध्ये भेन्टिलेशन फोडेर सबै निस्किएर भागेपनि १ जनालाई प्रहरीले पक्राउ गरेको स्रोतको भनाई छ। हिरासतबाट फरार भएका सबै थुनुवाहरु लागू औषध र चोरी मुद्दाका अभियुक्तहरु थिए। 

जिल्ला प्रहरी कार्यालय धनुषाको नयाँ भवनको १० फिटमाथि पुगेर भेन्टिलेटरको रड काटेर थुनुवाहरु फरार भएका हुन्। थुनुवाहरुले रड काट्न ह्याक्सो ब्लेडको प्रयोग गरेका थिए। थुनुवा कक्षमा रड काट्न ह्याक्सो ब्लेडको पहुँचमा कसरी उनीहरु पुगे भन्ने बारेमा अनुसन्धान भइरहेको छ। 

थुनुवा कक्ष जस्तो संवेदनशील स्थानमा चौबिसै घण्टा प्रहरी तथा सिसिटिभीको निगरानी रहँदा पनि लापरवाही प्रहरीको लागि चुनौतीको विषय भएको नागरिक समाजका अगुवा महाशंकर ठाकुर बताउँछन्। थुनुवाहरुको कक्ष सम्म रड काट्न प्रयोग हुने ह्याक्सो ब्लेड पुग्नु, घण्टौंसम्म रड काट्न समय लाग्ने भएपनि प्रहरीले सुईको सम्म नपाउनु जस्ता विषय शंकास्पद रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.