सन्तान कल्याणको कामना गर्दै जितिया पर्व मनाउँदै मिथिलानी

सन्तान कल्याणको कामना गर्दै जितिया पर्व मनाउँदै मिथिलानी
तस्बिर : अन्नपूर्ण

महोत्तरी : सन्तानको दीर्घायुको कामना गर्दै मिथिलामा आजदेखि विधिवतरुपमा जितिया पर्वको सुरूवात गरिएको छ । आज पहिलो दिन व्रतालुहरू नाहाय खाय अर्थात चोखो भइ व्रतको शुभाराम्भ गरिने भएको छ । पवित्र जलाशयमा गइ चोखो भएर भगवान सूर्यदेवलाई तोरीको तेल र पिनाको अर्घ्य देखाएर व्रत सङ्कल्प गर्ने गरिन्छ।

त्यस्तै आज मध्यरातमा व्रतालुहरु ‘ओगटन’(दर) खाइन्छ । ब्रतालुले दही,चिउरा र अमोट (जमाएर राखिएको पाकेको आँपको रस) खाएर ‘ओगटन’ विधि गरिन्छ ।

तीनदिनसम्म मनाइने यो व्रत निकै नै कठोर पर्वको रुपमा मान्ने गरिन्छ । निराहार व्रत सुरु गरिएकी महिलाहरूले व्रत समापन नहुन्जेलसम्म थुक निल्नु, किरा, फट्याङ्ग्रा र झारपात मार्न नहुने धार्मिक मान्यता रहेको छ । जसले गर्दा यस पर्वलाई ‘खरजितिया’ पनि भनिन्छ।

व्रत अवधिमा ब्रतालुले नजिकको जलाशयमा गइ सामूहिकरुपमा राजा जितवाहनको कथा सुन्ने गर्छन् । आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होऊन् भन्ने कामना गर्छिन् । द्वापरयुगमा एक विधवा ब्राह्मणीको पुकारमा उनका  पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक लोककथामा उल्लेखित छ । सोही धार्मिक मान्यताअनुसार  ब्रत बस्ने परम्परा बसेको जानकारवालाहरू बताउँछन् । राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुरु भएको मानिन्छ ।

भनिन्छ व्रत अवधिभरि एउटा सानो त्यान्द्रो झार पनि नटेकियोस् र क्षति नपुगोस् भन्ने सचेतता यो पर्वमा अपनाइन्छ । आफूहरूले गर्ने जितिया ब्रतको प्रभावले नै सन्तानको सौर्यवृद्धि, कल्याण, सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने ब्रतालु आमा (मिथिलिनीहरू) बताउँछन् ।

सन्तानको कल्याण र सौर्यवृद्धिको कामनासहित व्रतालु मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा छ । यस व्रतमा पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै व्रतालुले दिवङ्गत आफन्त महिलालाई तर्पण दिने गर्दछन् ।

यसवर्ष व्रतालुले बुधबार दिउँसो व्रतको विधिवत रुपमा समापन गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.