संघीयता कार्यान्वयन गर्न कानुनको अभाव छ : सभामुख

संघीयता कार्यान्वयन गर्न कानुनको अभाव छ : सभामुख
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयन गर्न कानुनको अभाव झेल्नु परिरहेको बताएका छन् ।  संविधान संशोधनको कुरा उठिरहेका बेला सभामुखले संघीयता कार्यान्वयन गर्न नै कानुन अभाव रहेको र संविधान संशोधन एवं कार्यान्वयनमा समस्या भइरहेको उल्लेख गरेका हुन् । कानुनलाई प्राथमिकता दिन खोजिए पनि संसदको पछिल्लो अधिवेशनमा कानुन बनाउन नसकिएको उनले बताए । 

विराटनगरमा विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै घिमिरेले निजामती सेवा विधेयकमा ऐन बनाउन र प्रहरी संगठन सञ्चालनसम्बन्धी ऐन, कानुन बनाउन नसकिएको बताए । ‘संविधान संशोधन संसदले गर्छ,’उनले भने, ‘तर, संशोधन गर्ने प्रक्रियादेखि के विषयमा र कसरी तथा कहिले गर्नेजस्ता विषयमा वृहत्तर समझदारीको जरुरी छ ।’

संविधान संशोधन व्यक्ति,संगठन र संस्था विशेषको कुरा नभएकाले सरसल्लाह, बहस र छलफल आवश्यक रहेको उनको भनाइ छ । संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच छलफल चलिरहेको पनि उनले स्पष्ट पारेका छन् । 

प्रतिकूल समयबीच पनि बजेटलाई समयभित्र पारित गर्दै टीआसरी विधेयक पासदेखि सहकारी ठगी प्रकरणलाई समाधान गर्न संसदले विशेष समिति बनाएर छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनेजस्ता महत्वपूर्ण कामहरू भएको सभामुख घिमिरेको भनाइ छ । 

पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विषयमा आफूलाई जानकारी नभएको उनले बताए । नेकपा (माओवादी केन्द्र)ले संसद चल्न दिँदैनौं भनेको छ नि भनि पत्रकारले सोधेको प्रश्नमा घिमिरेले भने,‘यो कुरा सल्टिसकेको छ ।’ 

संसदमा उपसभामुखमाथि सांसदहरूले पदीय आचरणविपरीत कुरा उठाएको बताउँदै घिमिरेले त्यो कुराको आधिकारिक पुष्टि नहुँदै संसद अधिवेशन अन्त्य भएको उल्लेख गरे ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.