प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान

प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान
सुन्नुहोस्

काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान गरेका छन्।  ग्रीसको US Drug Enforcement Administration को आयोजनामा हुने ३८औं International Drug Enforcement Conference मा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादर कार्कीका अनुसार असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने International Drug Enforcement Conference मा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर ग्रीस गएका हुन्।

सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्यसमेत सहभागी हुनेछन्। उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विदाइ गरेका थिए।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईलाई नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.