मनास्लुलाई ‘हेली निषेधित क्षेत्र’ बनाउने चेतावनी

मनास्लुलाई ‘हेली निषेधित क्षेत्र’ बनाउने चेतावनी
सांकेतिक तस्बिर
सुन्नुहोस्

गोरखा : स्थानीयवासीले उत्तरी गोरखाको मनास्लु क्षेत्रलाई हेलिकप्टर निषेधित क्षेत्र बनाउने चेतावनी दिएका छन्। हेलिकप्टर चार्टरको प्रक्रिया एकहप्ता लाग्ने गरी ज्यादै झन्झटिलो भएको भन्दै उनीहरूले यदि प्रक्रिया सहज नबनाए सो क्षेत्रलाई हेली निषेधित क्षेत्र बनाउने चेतावनी दिएका हुन्।

हालै गाउँमा सम्पन्न आमभेलाले हेलिकप्टर उडान प्रक्रिया सहज नबनाए मनास्लु क्षेत्रमा हेलिकप्टर आवतजावत गर्न नदिने निर्णय गरेको स्थानीय मिङमा छिरिङ लामाले जानकारी दिए। भेलाको निर्णय नम्बर ४ मा लेखिएको छ, ‘मागहरूप्रति सम्बन्धित निकायबाट आजको मितिबाट पाँच दिनभित्र लिखित रूपमासम्बन्धित निकायबाट आम स्थानीयवासीको माग सम्बोधन नभएको खण्डमा तोकिएको मितिपछि यस क्षेत्रभित्र हेलिकोप्टर उडान बन्द गर्नका लागि स्थानीयबासी लागि पर्ने छ भनी निर्णय गरियो।’ 

भेलाले सरकारको नियम अनुसार कुनै एक कार्यालयको अनुमति लिई हेलिकप्टर चार्टर गर्ने व्यवस्था मिलाइदिन माग गरेको छ। बिरामी, घाइतेबाहेकका अन्य प्रयोजनका लागि हेलिकप्टर उडानको अनुमति दिन एक साताभन्दा बढी लाग्ने गरेको गाउँलेको गुनासो छ। ‘यस क्षेत्रमा घाइते, बिरामी पर्ने पर्यटक तथा स्थानीय, सुत्केरी महिला र दैनिक आवश्यकीय प्रयोजनका लागि हेली उडान गर्न चार्टरवालाले सरकारको विभिन्न चरणहरू पार गर्दै अनुमति लिनुपर्छ’, स्थानीय मिङमार लामाले भने, ‘हाम्रो गाउँपालिकामा सडक सञ्जाल छैन। दैनिक उपभोग्य सामान ढुवानी गर्नका लागि हेली चार्टर गर्न अनुमति लिन एक हप्ताभन्दा बढी लगाइदिन्छन्। कि यातायातको साधन चल्नु पर्‍यो, कि हेलिकोप्टरमा सामान बोक्न, मान्छे आवतजावत गर्न पाउनुपर्‍यो भन्ने हाम्रो माग छ।’ आफ्नो पैसा खर्च गरेर यातायातको साधन प्रयोग गर्छुभन्दा पनि रोक्नु दुर्गम भेगका बासिन्दालाई सरकारले अन्याय गरेको गाउँलेको बुझाइ छ।

अनुमतिमा ढिलाइ भएकै कारण आपतकालीन कामका हेली चार्टर सफल नहुने भन्दै कुनै एक सरकारी निकायबाट मात्र अनुमति दिने व्यवस्था मिलाउन माग स्थानीयबासीले गरेका छन्। आपतकालीन उडान गर्नुपर्ने अवस्थामासम्बन्धित क्षेत्रको स्थानीय प्रहरीको सिफारिसमा चेकजाँच गरी तत्काल उद्धार हुनुपर्ने व्यवस्था मिलाउन पनि स्थानीयले माग गरेका छन्। उत्तरी गोरखामा उडान भर्ने हेलीमा सिट खालिरहेको खण्डमा भाडा तिरेरसम्बन्धित प्रहरी तथा नेपाल सरकारको सरोकारवालाको सिफारिसमा स्थानीयवासीले हेली प्रयोग गर्न पाउनुपर्ने भेलामा निर्णय गरेका छन्। साथै मनास्लु क्षेत्रलाई दशकौंदेखि निषेधित क्षेत्र घोषणा गरेर विभिन्न निकायले पर्यटकसँग विभिन्न शीर्षकमा शुल्क उठाएर हैरान पार्ने गरेकोप्रति पनि स्थानीयको भेलाले बिरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले घाइते, बिरामी, सुत्केरी ‘रेस्क्यू’ को हकमा बिरामीको गम्भीरताको आधारलाई हेरेर बढीमा आधा घण्टाभित्र हेली उडानका लागि सिफारिस गर्ने गरेको बताएका छन्। चार्टरको हकमा भने बिस्तृत रूपमा बुझेर आवश्यकताको पहिचानको आधारमा उडान गर्न सिफारिस दिने गरेको प्रजिअ दाहालले जानकारी दिए। निषेधित क्षेत्र भएकाले सो क्षेत्रमा हेली उडानका लागि जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य छ। साथै अनुमतिका लागि गृह मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण धाउनुपर्ने बाध्यता छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.