१४ वर्षीया विवाहित किशोरीले जन्माइन् जुम्ल्याहा शिशु

१४ वर्षीया विवाहित किशोरीले जन्माइन् जुम्ल्याहा शिशु
सुन्नुहोस्

बैतडी : बैतडीकी १४ वर्षीया एक विवाहित किशोरीले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन्। यही भदौ २६ गते डडेल्धुरा अस्पतालमा पाटन नगरपालिकाकी विवाहित किशोरीले जुम्ल्याहा शिशुको जन्म दिएकी हुन्। 

डडेल्धुरा अस्पतालका अनुसार भदौ २६ गते बिहान ८:५३ बजेको समयमा पहिलो र ८:५९ मो दोस्रो सन्तानका रूपमा जन्म दिएको डडेल्धुरा अस्पतालले जनाएको छ। पहिलो सन्तान १ किलो ९ सय ग्राम र दोस्रो सन्तानको तौल १ किलो ७५० ग्राम तौल रहेको बताइएको छ।

शिशुहरूलाई आईसीयू वार्डमा राखिएको छ। दुवै शिशुको अवस्था सामान्य बन्दै गएको डडेल्धुरा अस्पतालकी वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक बालकुमारी बस्यालले जानकारी दिइन्। ‘किशोरीलाई नर्मल डेलिभरी गराउन सफल भएका छौं, दुवै शिशुको अवस्था सामान्य बन्दै गइरहेको छ, आमा पनि स्वस्थ छिन्।’ वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक बस्यालले भनिन्।

१४ वर्षको उमेरमा जुम्ल्याहा सन्तान जन्माएको घटना एकदमै दुर्लभ मानिएको बस्यालले बताइन््। गत वर्ष प्रेम विवाह भएको र यस वर्ष दुवै सन्तानको सकुशल जन्म दिएको किशोरीका १७ वर्षीय श्रीमान्ले जानकारी गराएका हुन्। ‘हाम्रो प्रेम विवाह भएको एक वर्ष भयो, अहिले जुम्ल्याहा छोराको जन्म भएको छ।’ उनले भने।

२० वर्ष उमेर नपुगेका महिलामा पाठेघरको विकास राम्रोसँग नहुने भए पनि १४ वर्षको उमेरमै जुम्ल्याहा बच्चाको जन्म दिएको घटना दुर्लभ मानिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए। बैतडीमा मात्रै विगत २ वर्षको अवधिमा २० वर्ष नपुगिकनै गर्भवती हुने महिलाको संख्या करिब ५ सय रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.