हुम्लामा सुपथ मूल्यमै खाद्यान्न
हुम्ला : दसैं–तिहार र छठ पर्वका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले सुपथ मूल्यमा खाद्यान्न र तेल बिक्री सुरु गरेको छ ।
शाखा कार्यालय सिमकोट शाखाबाट २७ सय क्वीन्टल चामल, र ६ हजार ३८५ लिटर तेल सुपथ मूल्यमै बिक्री गर्न थालेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट सिमकोट शाखाले जनाएको छ ।
खार्पुनाथ गाउँपालिका बिक्री केन्द्रबाट ३ सय क्वीन्टल चामल श्रीनगर डिपोबाट ५ सय क्वीन्ट चामल नाम्खाको याल्वाङ बिक्री केन्द्रबाट ५ सय क्वीन्टल गरी चार हजार क्वीन्टल चामल सुपथ मूल्यमा बिक्री गर्न लक्ष्य रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका निमित्त कार्यालय प्रमुख नवीन आर्चायले जानकारी दिए । श्रीनगर डिपो र शाखा कार्यालयबाट आजैबाट बिक्री सुरु भइसकेको निमित्त कार्यालय प्रमुख आर्चायले बताए ।
प्रतिकेजी चामलबाट ५ रूपैया छुट र तेलबाट प्रतिलिटर ७ रूपैया छुट दरले बिक्री सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले जनाएको छ ।