प्रहरी हिरासतबाट फरार भएका ४ जना पक्राउ

प्रहरी हिरासतबाट फरार भएका ४ जना पक्राउ
सुन्नुहोस्

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट भेण्टिलेशन काटेर फरार भएका थुनुवा मध्ये ४ जना पक्राउ परेका छन्। सोमबार बिहान साढे तीन बजे १० जना थुनुवा भेन्टिलेशन फोडेर फरार भएकोमा तत्काल एक जना पक्राउ परेका थिए। 

अन्य फरार ९ मध्य मध्यान्हसम्ममा ४ जनालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। फरार हुनेमा लागूऔषध, अभद्र व्यवहार तथा चोरी मुद्दाका थुनुवा रहेको प्रहरीको भनाइ छ। भागेका थुनुवाहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी सहित गणका प्रहरीलाई चौतर्फी रूपमा नाकाबन्दी गरेर खोजी गरेपछि धनुषाको बिदेह नगरपालिकाबाट पक्राउ परेको हो। 

फरार हुनेमा लागूऔषध मुद्दाका अमित कुमार झा, रन्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया रहेका छन्। यस्तै अभद्र व्यवहार तथा चोरी मुद्दा कम सुमित मेस्तर(नाबालक), मनिष मण्डल र विकी कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यसै बीच जिल्ला प्रहरी कार्यालय परिसरमा भएको थुनवा कक्षबाट कसरी थुनुवा फरार भएको विषयमा प्रदेश प्रहरी कार्यालयले छानबिन गर्ने मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले जानकारी दिए। 

उनले सुरक्षा कमजोरी भएको विषयमा छानबिन गरेर दोषिमाथि आवश्यक कारबाहीका लागि केन्द्रीय प्रहरी प्रधान कार्यालयमा सिफारिस गरिने पनि डीआईजी आचार्यले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.