अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै
काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राति चीन प्रस्थान गर्ने भएका छन्।
चीनका उपप्रधानमन्त्री हि लिफङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लागेका हुन्।
अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कनेछन्।