शाओमीले ल्यायो ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँगְ’

शाओमीले ल्यायो ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँगְ’
सुन्नुहोस्

काठमाडौं : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष अफर लिएर आएको छ। 

‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ योजना  अन्तर्गत ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा ४ हजारसम्मको छुट पाउन सक्ने कम्पनीले बताएको छ। यस चाडपर्व विशेष अफर भदौ ३० देखि कात्तिक ३० गतेसम्म लागु हुने छ। 
 

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘शाओमीका स्मार्टफोनहरूले हाम्रा ग्राहकहरूको यसपालीको चाडपर्वलाई विशेष बनाओस् भन्ने हाम्रो चाहना हो। ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ क्याम्पेन हामीले यसैको लागि ल्याएका हौ। हामी विश्वास गर्छौं कि नयाँ प्रविधिमा सबैको पहुँच पुग्नुपर्छ र तेस्को लागि यस्तो अफरहरु प्रभावकारी हुन्छन भन्ने हाम्रो विस्वास रहेको छ।’

६+१२८ जिबी र ८+२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल एआई क्यामरा रहेको छ। 

त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ। रेड्मी नोट १३ प्रो प्लस ५ जिमा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेटिङ  भएको हुँदा धुलो र पानीबाट पनि बचाउँछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ।

यो चाडपर्व विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ।


रेड्मी नोट १३:
६/१२८ जीबी : पुरानो मूल्य रु. २४,९९९ , अफर मूल्य रु. २३,४९९ मात्र 
८/२५६ जीबी : पुरानो मूल्य रु. २७,९९९ , अफर मूल्य रु. २५,९९९ मात्र 

रेड्मी नोट १३ प्रो:
८/२५६ जीबी : पुरानो मूल्य रु. ३४,९९९ , अफर मूल्य रु. ३२,९९९ मात्र 
१२/५१२ जीबी : पुरानो मूल्य रु. ३९,९९९ , अफर मूल्य रु. ३५,९९९ मात्र 

रेड्मी नोट १३ प्रो प्लस ५ जी:
८/२५६ जीबी : पुरानो मूल्य रु. ४७,९९९ , अफर मूल्य रु. ४४,९९९ मात्र 
१२/५१२ जीबी : पुरानो मूल्य रु. ५२,९९९ , अफर  मूल्य रु. ४९,९९९ मात्र 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.