अन्तर्विरोधलाई समाधान गर्ने हो भने कांग्रेसले सबै निर्वाचनमा एकल बहुमत ल्याउँछ : गगन थापा

अन्तर्विरोधलाई समाधान गर्ने हो भने कांग्रेसले सबै निर्वाचनमा एकल बहुमत ल्याउँछ : गगन थापा
फाइल तस्बिर
सुन्नुहोस्

वीरेन्द्रनगर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयताको सफल कार्यान्वयनमा अलमल गर्न नहुने बताएका छन्। संविधानमा मुलुकको शासन प्रर्णालीमा तीन तहका सरकार र तिनीहरूको अधिकारका विषयमा प्रष्ट व्यवस्था भएको बताउँदै त्यसअनुसार संघीय सरकारले संघीयताको मर्मअनुसार आवश्यक कानुन निर्माण गरेर प्रदेश र स्थानीय तहको अधिकार कार्यान्वयन नहुँदा समस्या सिर्जना भएको बताए। 

नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सुर्खेतमा आयोजना गरेको वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकारका सन्दर्भमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संघीयताको भवनाअनुसार संघले निर्माण गर्नुपर्ने कानुनहरु समयमै निर्माण नगर्दा सबै क्षेत्र प्रभावित भएको बताए। 

उनले भने, 'अहिलेसम्म कागजमा संघीयता लेख्यौं, अधिकार कार्यान्वयन गरेनौं। यसले नागरिक तहसम्म राम्रो सन्देश दिएन। अहिले हामी कानुन निर्माणको तीव्र गतिमा छौं। आउने चैत महिनासम्म कानुन निर्माण गरी संघीयताको भवनाअनुसार प्रदेश र स्थानीय तहले पाउने अघिकार कार्यान्वयन हुन्छ।' उनले नेपालमा संघीयता आम नागरिकहरूको चाहना र भावना रहेको बताए।

कांग्रेस महामन्त्री थापाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई एक वर्ष पुग्न लाग्दा पनि दोस्रो किस्ताको रकम निकासा नभएको भन्दै तत्काल घोषित रकम सरकारले उपलब्ध गराउनुपर्ने बताए। उनले भने, 'कानुन निर्माणमा भएका कमजोरीका कारण भूकम्प पीडितलाई राहत वितरण गर्न समस्या भएको छ। यसलाई सहज बनाउन कार्यविधिलाई तत्काल संशोधन गरेर भूकम्प पीडितहरूलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउनुपर्छ।
 
महामन्त्री थापाले नेपाली कांग्रेसले एक आपसको अन्तर्विरोधलाई हल गरेर अगाडि बढे सबै निर्वाचनमा पार्टीको एकल बहुमत आउने बताए। उनले भने, 'पार्टीका नेता तथा कार्यकर्ताहरूले आफ्नो अधिकांश समय एक अर्काको विरोध गरेर बिताउने गरेका छौं। एक आपसमा भएको अन्तरविरोधलाई व्यवस्थापन गर्न सकेका छैनौं। आठ लाख सदस्य भएको पार्टीका हामी नेता तथा कार्यकर्ताहरू अधिकांश समय आफ्नै पार्टीभित्र लडिरहेका छौं। हामीले यो समय पार्टी निर्माणमा लगाउन सकेको खण्डमा ठूलो उपलब्धि हासिल हुने थियो।'

उनले आगामी १० वर्षभित्र कर्णालीलाई विकासका दृष्टिकोणले कहाँसम्म पुर्‍याउने भन्ने स्पष्ट खाका आगामी नीति तथा कार्यक्रममा देखिनुपर्ने बताए। उनले सबै तहका सरकारले जनतालाई प्रत्यक्ष विकासको अनुभूति हुने गरी काम गर्नुपर्ने बताए। त्यसका लागि पार्टीले आवश्यक समन्वयको काम गरिरहेको औंल्याए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.