भद्रपुरकी बबिताको भारतमा हत्या, हराएकी ८ दिनपछि खुल्यो पहिचान

भद्रपुरकी बबिताको भारतमा हत्या, हराएकी ८ दिनपछि खुल्यो पहिचान
सुन्नुहोस्

झापा : झापा भद्रपुरकी एक महिलाको भारतमा हत्या भएको छ। भद्रपुर नगरपालिका–६ टेलिभिट्टा निवासी ३२ वर्षीया बबिता राजवंशीको हत्या भएको हो। 

उनको शव भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला खोरीबारी थाना अन्तरगतको बिन्नागुरी ग्राम पञ्चायत हारिभिट्टा नजिकैको केरा बगानमा फेला परेको थियो। उनको शव कुहिएको अवस्थामा खोरीबारी पुलिसले फेला पारेको थियो। अनुहार किराले खाइसकेकोले पहिचान समेत नखुलेको उनको शव केराको पत्ताले छोपिएको थियो। 

केरा बगानमा शव गन्हाएपछि स्थानीयले देखेर त्यहाँका प्रहरीलाई खबर गरेका थिए। घटना असोज २ गतेको हो। घटनास्थल नेपाल–भारत सीमा नाका भद्रपुरदेखि करिब दुई किलोमिटर पूर्व उत्तर पर्छ। खोराबारी पुलिसले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उत्तरबंग मेडिकल कलेज पठाएका थिए। 

शव पहिचान नखुलेको अवस्थामा घटना भएको ५ दिनपछि ती महिला भद्रपुरकी रहेको भनी खुलेको छ। मृतक बबिता सागसब्जी बिक्री गर्थिन्। 

बबिता भदौ ३० गते सीमावर्ती भारतीय बजार सागसब्जी लिन गएको उनका जेठाजु जितेन राजवंशीले बताए। बबिता केही दिनदेखि हराइरहेको अवस्थामा एक महिलाको शव बोर्डर पारी भारतमा फेला परेको खबर सुनेर उनका परिवारजन तत्काल भारतीय प्रहरीसँग समन्वय गरेका थिए। 

परिवारजनले उनले लगाएको कपडाका आधारमा शवको पहिचान गरेका थिए।  ‘बबितालाई हत्या गरी केरा बगान लगी शव लुकाएर राखेको हुनुपर्छ,’ उनका जेठाजु जितेनले भने। घटना शंकास्पद भएकाले खोरीबारी पुलिस थानामा गएर चार जनाको नाममा किटानी जाहेरी दिएको उनको भनाइ छ। 

चारै जना भारतीय नागरिक हुन। प्रतिमा बानिक, बालचन्द्र बानिक, दधिराम बर्मन र सहदेव बानिक रहेको उनले बताए। उनीहरूको बबितासँग आर्थिक लेनदेन थियो। नेपाल प्रहरीसँग समन्वय गरी बबिताको शव सोमबार दिउँसो साढे ३ बजे घर ल्याएर दाहसंस्कार गरिएको उनको भनाइ छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.