ओली–मोदी सम्बन्ध सुधारको कोसेढुंगा बन्न सक्छ महासभा बैठक

परराष्ट्रमन्त्री भन्छिन्, ‘मोदीजी छिट्टै नेपाल आउनुहुन्छ’

ओली–मोदी सम्बन्ध सुधारको कोसेढुंगा बन्न सक्छ महासभा बैठक
फाइल तस्बिर।
सुन्नुहोस्

अमेरिका : यतिबेला संयुक्त राष्ट्रसंघको कुम्भमेला चलिरहेको छ। संसारभरका राष्ट्र प्रमुखहरू अमेरिकाको वित्तीय राजधानी मानिने न्युयोर्कमा छन्। यसै दौरानमा हाम्रो मुलुकका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ। 

स्थानीय समयअनुसार आइतबार साँझ करिब ६ बजेतिर भएको भेटघाट द्विपक्षीय भेटघाटले नेपाल र भारतका बीचमा सदियौंदेखि रहिआएको सम्बन्धलाई थप उचाइ दिन सार्थक हुने बताइएको छ। भेटघाटपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट राम्रो भएको संक्षिप्त प्रतिक्रिया दिएका छन्। साथै नेपाल भारतबीचमा द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाएर तमाम समस्याहरूलाई समाधान गर्ने सहमतिसमेत भएको छ। प्रधानमन्त्री ओली र भारतीय सकमक्षीबीचको यो भेटघाटको मेलोले साझा हितको विषयले प्राथमिकता पाएको छ। भेटमा सहभागी रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदी छिट्टै नेपाल भ्रमणमा आउने जानकारी दिएकी छन्। यसरी हेर्दा ओली प्रधानमन्त्री रहेकै बखत भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउन सक्ने देखिन्छ। 

पत्रकार किशोर पन्थी भन्छन्, ‘महासभा बैठकका बेला भएको भेटघाटले दुवै देशको सम्बन्ध र नेताहरूको सम्बन्धसमेत सुधार हुने देख्छु।’ स्थानीय समयअनुसार आइतबार साँझ दुई देशका प्रधानमन्त्रीबीच करिब आधा घण्टा भेटघाट भएको थियो। भेटका लागि प्रधानमन्त्री ओली परराष्ट्रमन्त्री राणा, आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, स्थायी नियोग प्रमुख लोकबहादुर थापा, परराष्ट्र सहसचिव अमृतकुमार राईसहित पुगेका थिए। चौथोपटक प्रधानमन्त्री भएपछि ओलीको मोदीसँगको यो पहिलो भेटघाट हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.