कृषिमा प्रविधिको प्रयोग

कृषिमा प्रविधिको प्रयोग
सुन्नुहोस्

अछाम : पछिल्लो समय सुदूरका दुर्गम पहाडी जिल्लामा कृषि कार्यमा प्रविधिको प्रयोग बढ्न थालेको छ । खेती लगाउन र भित्र्याउन परम्परागत सामग्री विस्थापित हुँदै गएपछि आधुनिक मेसिनको प्रयोग बढेको हो । 

सुदूरको अछाम जिल्लामा अहिले धान भित्र्याउने चटारो छ । गाउँमा काम गर्ने जनशक्ति नहुँदा धेरै जसो जग्गा जमिन बाँझो छन् भने आधुनिक प्रविधिको प्रयोगले कृषकहरूलाई काम गर्न सहज भएको छ । जोल्ने, काट्ने र थ्रेसिङ गर्ने सबै काम मेसिनबाटै हुन थालेको छ । कामदारकै भरमा गरिने कृषि कार्यमा हाल प्रविधिको प्रयोग बढ्दै गएको हो ।

अन्नवाली भित्र्याउँदा हुने नोक्सानीमा कमी, समयमै काम गर्न सकिने र खर्च पनि आधा घट्ने भएकाले कृषकहरू यसतर्फ आकर्षित भएका हुन् । विगत झैं कामदार पनि पाइन छाडेको कृषकहरू बताउँछन् । अछाममा पनि ५/६ वर्षयतादेखि कृषि कार्यमा कृषि यन्त्रहरू बढ्दै गएको छ । कृषि क्षेत्रमा सरकारी स्तरबाट बढ्दै गएको अनुदानले कृषियन्त्रहरू भित्र्याउने क्रममा पनि वृद्धि भएको छ ।

साँफेबगर नगरपालिका–४ मा रहेको हातेमालो बहुउद्देश्य सहकारी संस्थाले २१ रोपनी बाँझो जग्गा भाडामा लिएर खेती गरिरहेको अध्यक्ष सुरत भुलले बताए । null

विद्यालयमा दिवा खाजा आपूर्तिका लागी बाहिरबाट खरिद गर्नुभन्दा बाँझो जग्गा भाडामा लिएर धान गहुँ तरकारी खेती गर्दै आएको भुलले बताए । ती सबै कार्यका कृषि यन्त्रहरूको प्रयोग गर्दै आएको उनले बताए । उनले भने, ‘धेरै वर्षदेखि खेती गर्ने छोडेका बाँझो जग्गा भाडाका लिएर हामीले प्रयोग गर्दे आएका छौं । सहकारी आफैंले खरिद गरेर र अनुदानमा धान गहुँ चुट्ने थ्रेसर, धान काट्ने कटर, अब रोपाइँ गर्ने यन्त्र ल्याउने तयारीमा छौं । 

कृषि यन्त्रहरूले अन्य कृषकहरूलाई भाडामा उपलब्ध गराउन गरेको उनले बताए । अहिले धान खेतीको सिजन छ, उनले भने यो थ्रेसरले एक घण्टामा ८ क्विन्टल धान चुट्छ । बसाइँसराइले खाली भइसक्यो गाउँघर, कृषिका लागि जनशक्ति छैन अब गाउँमा । त्यसैले प्रविधिको प्रयोगले निकै सहज भएको छ ।’

अछाममा केही वर्षयता अनुदानमा कृषि यन्त्रहरू धान, गहँु चुट्ने थ्रेसर, पावर ट्रिलरलगायतका यन्त्र तथा मेसिनहरू वितरण हुँदै आएको छ । कृषि कार्यका लागि विभिन्न यन्त्रहरू भित्रिएसँगै खेतीपाती गर्न छोडेकाहरू पनि उत्साहित हँदै कृषिमै फर्किन थालेका वडा सदस्य निता कुँवरले बताइन् । उनले भनिन्, ‘पहिले खेत जोत्न गोरु चाहिन्थ्यो । अन्य कामका लागी ८/१० जना नभएर खेती लाग्दैन थियो । अब प्रविधिले सजिलो बनाएको छ । अब खेती लगाउन र भित्र्याउन २ देखि ३ जना भए पुग्छ । दिनभरि लाग्ने काम केही घण्टामै सकिन्छ ।’

परम्परागत खेती गर्ने शैलीमा परिवर्तन गर्दै आधुनिक प्रविधिको प्रयोगलाई कृषकहरूले अँगाल्न थालेका छन् । कम जनशक्ति चाहिने र छिटो छरितो कामका लागि कृषि यन्त्रको प्रयोग बढ्न थालेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.