परराष्ट्रमन्त्री देउवा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता

परराष्ट्रमन्त्री देउवा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता
तस्बिर : आरजु राणाको फेसबुकबाट
सुन्नुहोस्

काठमाडौं :  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राष्ट्रसंघका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन्।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्यूयोर्कमा रहेकी राणा र अतुलबीच राष्ट्रसंघको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ। 

शान्ति र सुरक्षाको महान् उद्देश्यका लागि आफ्नो कर्तव्य निर्वाह गर्न नेपाल र नेपाली कर्मचारीहरूलाई सहयोग गरेकोमा राणाले धन्यवादसमेत दिइन्। उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ। 

नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पुर्‍याइएको योगदानका विषयमा छलफल भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.