गरिबी निवारणमा गुल्मीदरबार

गरिबी निवारणमा गुल्मीदरबार
सुन्नुहोस्

 गुल्मी : गुल्मीको गुल्मीदरबार गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गरेको छ । यसबाट केही नयाँ उद्यमीसमेत बनेका छन् ।

गाउँपालिकाले हालै आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा गरेको छ । गत आर्थिक वर्षमा गाउँपालिकाबाट सम्पादन भएका कामको प्रगति, चुनौती समस्या र समाधानका उपायबारे समीक्षा गरिएको हो ।

गत आर्थिक वर्षमा गाउँपालिकाका शाखाहरूबाट सम्पन्न भएका कार्यक्रम तथा क्रियाकलापको वार्षिक समीक्षा प्रतिवेदन पालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले पेस गरेका हुन् । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाको ४७ करोड ९५ लाख ६७ हजार कुल बजेटमा चालूतर्फ ९०.४२ र पुँजीगतर्फ ८६.३४ प्रतिशत रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए । उनका अनुसार पालिकाले आव २०७९/८० को ईएमआईएसमा भुक्तानीको प्रविष्टि र आव २०८०/८१ को नयाँ योजनाको माग र संकलन, नयाँ योजनाको ईएमआईएसमा प्रविष्टि, प्राथमिकताको आधारमा योजनाहरूको छनोट, बेरोजगार व्यक्तिको छनोट र कार्य, छनोट गरिएका योजनाको शुभारम्भ गरिएको छ ।

वार्षिक समीक्षा प्रतिवेदनमा योजनाका काम सञ्चालन र निरीक्षण तथा अनुगमन, वैदेशिक रोजगारीमा गएका श्रमिकको पुनः श्रम स्वीकृति, हरेक वडामा श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम सञ्चालन, वैदेशिक रोजगारीसम्बन्धी सचेतनामूलक कार्यक्रम, कार्यसम्पादन भएका योजनाको भुक्तानी प्रक्रिया उल्लेख गरिएका छन् । 

आव. २०८०/८१ मा सबै वडामा एकीकृत घुम्ती शिविर सम्पन्न, २ सय ७८ योजना सम्झौता, १५ ठेक्का सम्झौता भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.