दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश राउतको इजलासमा सुनुवाइ हुँदै

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश राउतको इजलासमा सुनुवाइ हुँदै
सुन्नुहोस्

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ हुने भएको छ। आफ्ना बुवाको रिहाइको माग गर्दै प्रसाईंका छोरा निराजन प्रसाईंले सोमबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए।

निवेदनसँगै प्रसाईंले आफू क्यान्सरबाट पीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि बुझाएका छन्। प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई आइतबार भक्तपरस्थित उनको निवासबाट पक्राउ गरेको थियो।

उनलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान सुरू भएको छ।

झन्डै १५ दिन अगाडि उनीविरुद्ध प्रहरीको साइबर व्युरोमा उजुरी दर्ता भएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.