लेबनानका १६०० ठाउँमा इजरायली आक्रमण : ४९२ जनाको मृत्यु, १६४५ घाइते

हिजबुल्लाह र इजराय युद्धको बीचमा कोही नआउन नेतान्याहुको चेतावनी

लेबनानका १६०० ठाउँमा इजरायली आक्रमण : ४९२ जनाको मृत्यु, १६४५ घाइते
सुन्नुहोस्

इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले सोमबार लेबनानमा हिजबुल्लाहका १६०० ठाउँलाई लक्षित गरी हवाई हमला गरेको थियो। जसमा १० हजार रकेट नष्ट गरेको दाबी गरिएको छ ।

यसै क्रममा लेबनानको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा हालसम्म ४९२ जनाको ज्यान गएको जनाएको छ । जसमा ५८ महिला र ३५ बालबालिका रहेका छन् । हमलामा परी १ हजार ६ सय ४५ जना घाइते भएका छन् ।

अल जजीराका अनुसार सन् २००६ मा इजरायल-लेबनान युद्धपछि लेबनानमा भएको यो सबैभन्दा ठूलो हमला हो। लेबनानमा सेप्टेम्बर २५ सम्मका लागि स्कूल र कलेजहरू बन्द गरिएको छ। मानिसहरूलाई सुरक्षित स्थानमा पठाइएको छ।

इजरायलले लेबनानमा सञ्चालित अभियानलाई ‘नर्दर्न एरोज’ नाम दिएको छ । आइडीएफले हिजबुल्लाहले दक्षिणी लेबनानका घरहरूमा मिसाइलहरू लुकाएर राखेको र लगभग एक वर्षदेखि इजरायलमा प्रहार गरिएको दावी गरेको छ।

संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेर्रेसले लेबनान अर्को गाजा बनेको हेर्न आफूले नचाहेको बताएका छन्। लेबनानबाट जवाफी हमलाको आशंकामा इजरायलमा एक साता लामो संकटकाल लगाइएको छ। रक्षामन्त्री योभ गालान्टको आदेशमा क्याबिनेट मन्त्रीहरूले आपत्कालीन रूपमा फोनबाट मतदान गरेका थिए।

पहिला सन्देश, पछि आक्रमण 

इजरायली सेनाले हिजबुल्लाहको स्थाननजिकै बस्ने मानिसहरूलाई तुरुन्तै आफ्नो घर छोड्न चेतावनी दिएको थियो। टाइम्स अफ इजरायलका अनुसार आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले सामाजिक सञ्जालमा एउटा भिडियो जारी गरेका छन्।

हागारीले लेबनानी नागरिकहरूलाई खतरापूर्ण क्षेत्रबाट टाढा जान आग्रह गरेका थिए। उनले भनेका थिए, 'इजरायली सेनाले हिजबुल्लाह विरुद्ध थप घातक हमला गर्न गइरहेको छ। हिजबुल्लाहले घर र भवनहरूमा हतियारहरू भण्डारण गरेको छ। यदि तपाईं हतियार भएको भवनमा हुनुहुन्छ भने, सकेसम्म चाँडो छोड्नुहोस्।'

यो सन्देश लेबनानका सबै नेटवर्क र प्लेटफर्महरूमा अरबीमा पठाइएको थियो।

रेडियो स्टेसन ह्याक गरियो, घर छाडेर जान आह्वान

लेबनानी रेडियो स्टेसनहरु ह्याक गरिएको सीएनएनले जनाएको छ। लगत्तै दक्षिणी लेबनानबाट मानिसहरुलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको थियो। रेडियो स्टेसन भ्वाइस अफ लेबनानले सोमबार सोसल मिडियामा पोस्ट गरेर यो जानकारी दिएको सञ्चारमाध्यमहरुमा समाचार छ।

सोमबार लगभग ८० जनामा मानिसको मोबाइलमा अपरिचित नम्बरबाट अटोमेटिक कल आएको थियो। जसमा मानिसहरुलाई सुरक्षित स्थानमा जान भनिएको थियो। कल कहाँबाट आएको भन्ने हालसम्म जानकारी नआएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.