ऊर्जामन्त्रीको निर्देशन : प्रसारण लाइन विस्तारमा ढिलाइ हुँदा राज्यलाई घाटा छ, चाँडै काम सक्नुहोस्
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा व्यहोर्नु परेको बताएका छन्। त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको आज स्थलगत निरीक्षण गर्दै उनले काम चाँडो सक्न निर्देशन दिएका हुन्।
उनले प्रसारण लाइन विस्तारका देखिएका समस्या समाधान गरेर काम चाँडो सम्पन्न गर्न निर्देशन दिए। उनले काममा ढिलाई भएको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो सक्न निर्देशन दिए ।
उनले चिलिमे जलविद्युत् आयोजनाबाट त्रिशूली थ्री बी हब सबस्टेशनमा ल्याउनका लागि निर्माण गरिएको प्रसारण लाइन पनि चाडै गर्नुपर्ने बताए। चिलिमेबाट उक्त सबस्टेशनमा जोड्ने प्रसारण लाइनको काम मैलुङ क्षेत्रमा रोकिएको छ । उनले आजै रसुवाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निरीक्षण गरेका थिए।