एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा विशेष छुट
काठमाडौं : एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड (co–branded कार्ड) होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १०% क्यास ब्याक, अधिकतम रु. ५०० सम्म दिने घोषणा गरेको छ।
चाडपर्वको समयमा बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस् भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो ।
यो अफर छठ सम्मको लागि लागू हुनेछ। जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस् ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।