प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक पारित

प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक पारित
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। सोमबार दिउँसो बागमती प्रदेश सभाको बैठकबाट उक्त विधेयक सर्वसम्मत पारित भएको हो। 

प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले पेस गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रदेश सभामा पेस गरेका थिए। 

सभामुख पाठकले पेस गरेको उक्त विधेयकलाई सांसदहरूले सर्वसम्मत स्वीकृत गरेका हुन्। २०८० असोज २५  गते तत्कालीन उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले प्रदेश सभामा दर्ता गरेको उक्त विधेयक करिब एक वर्षपछि पारित भएको हो।

 
आइतबार उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका थिए।

विधेयक पारित भएसँगै हस्तकलालाई बागमती प्रदेशको अर्थतन्त्रको प्रमुख क्षेत्रको रूपमा विकसित गरी स्वदेशी पुँजी, स्थानीय सीप तथा कला र स्रोतको अधिकतम परिचालन गराइ स्वदेशमा निर्मित हस्तकलाका वस्तुहरूको पहिचानलाई विश्व बजारमा स्थापित गर्न मदत पुग्ने मन्त्री तामाङ बताइन। 

स्वदेशमा समेत हस्तकला सामग्रीहरूको प्रयोगमा वृद्धि गर्न र छरिएर रहेका लघु तथा घरेलु  हस्तकला उद्योगहरूलाई एकीकृत गरी उत्पादन र हस्तकला उद्योगहरूको उत्पादकत्व अभिवृद्धि गर्न बागमती प्रदेशभित्र हस्तकला ग्राम स्थापना र सञ्चालन सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले ऐन बनाएको मन्त्री तामाङले जानकारी दिइन्। 

हस्तकला ग्राम महासंघका केन्द्रीय अध्यक्ष प्रचण्ड शाक्यले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछि तीन गुणाले उत्पादन र निर्यात बढाउन सकिने बाटो खुलेको बताए। उनका अनुसार ८० प्रतिशत हस्तकला ग्राम बागमती प्रदेशबाट निर्यात भइरहेको छ। देशभर १९ वटा जिल्लाका हस्तकला ग्राम संघहरू आवद्ध छन्। 

हस्तकला ग्राम भित्र १३ वटा वस्तुगत संघहरू आवद्ध छन्। जसमध्ये पश्मीना,फेल्ट, धातुका सामान,काठका सामान, प्राकृतिक रेशाजन्य सामग्री र मिथिला पेन्टिङ हस्तकला ग्राम भित्र पर्छन्। कपडाबाट बनेका सामानहरूमा खास गरेर पश्मिना, सुती, फलाटिन, रेशम, अल्लो र ढाकाबाट उत्पादित सामानहरू पर्छन् भने ऊनबाट बनेका सामग्रीहरू पनि पर्छन्। 

यसैगरी सिल्भर, काठ, विभिन्न किसिमका पत्थर, छाला, बेतबाँस, थांकालगायत हस्तकला ग्राम भित्र पर्छन् भने कपडाबाट बनेका सामानहरूमा खास गरेर पश्मिना, सुती, फलाटिन, रेशम, अल्लो र ढाकाबाट उत्पादित सामानहरू पर्छन्। यसैगरी ऊनबाट बनेका सामग्रीहरू, सिल्भर, काठ, विभिन्न किसिमका पत्थर, छाला, बेतबाँस, थांकालगायत भाँडाहरूमध्ये खास गरेर गमला, घ्याम्पो, घैँटो, हाँडी, खुत्रुके आदि हस्तकला ग्राम भित्र पर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.