रंगेलीमा घाँस लिएर फर्कदै गरेकी महिलाको चट्याङले लागेर मृत्यु

रंगेलीमा घाँस लिएर फर्कदै गरेकी महिलाको चट्याङले लागेर मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको रंगेलीमा चट्याङले लागेर मंगलबार दिउँसो १ जना महिलाको मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार खेतबाट घाँस काटेर घर फर्कदै गर्दा अचानक परेको चट्याङले लागेर रंगेली नगरपालिका–९ की ४५ वर्षीया साक्रो हेमरनको मृत्यु भएको हो। 

धानखेतबाट घाँस काटेर फर्किने क्रममा दिउँसो १२:३० बजेतिर परेको चट्याङले लागेर हेमरनको घटनास्थलमै मृत्यु भएको जानकारी बस्नेतले दिए। उनका अनुसार हेमरनको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। ‘घाँसको मुठो बोकेर घामबाट छलिनका लागि छाता ओढेर घरतिर फर्किदै गरेको अवस्थामा अचानक चट्याङले लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने। 

उनका अनुसार शव क्षतविक्षत र टाउकाको बायाँ भागको कपाल जलेको थियो। ‘गर्मी छल्न ओढेको छाता टुक्राटुक्रा भएको छ। छाताको डन्ठी पग्लिएको अवस्थामा भेटियो,’ बस्नेत भन्छन्। मृतकको घरबाट घटनास्थल करिब २ किलोमिटर पश्चिममा पर्ने उनले बताए। 

इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेको छ। खड्का नेतृत्वकै टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ। 

त्यस्तै, सोही ठाउँमा चट्याङले लागेर १ जना युवती घाइते भएकी छन्। डीएसपी बस्नेतका अनुसार २२ वर्षीया विनिता हेमरन घाइते भएकी हुन्। घाँस काटेर घरतर्फ फर्किने क्रममा उनलाई चट्याङले लागेको प्रहरीले जनाएको छ। कानबाट रगत बगिरहेको अवस्थामा उद्धार गरेर उनलाई प्रहरीले उपचारका लागि रंगेली अस्पताल पठाएको छ। डीएसपी बस्नेतका अनुसार अवस्था मध्यम छ। 

चट्याङ परेका बेला खुला ठाउँमा हिँडडुल गर्दा घटना भएको प्रहरीको अनुमान छ। चट्याङबाट जोगिनलाई सतर्कता अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ। ‘चट्याङले मानवीय क्षति गरिरहेको छ,’ बस्नेत भन्छन्, ‘त्यसबाट बच्न सतर्कता अपनाउनुपर्छ।’ 

चट्याङ परेका बेला हिँडडुल नगर्न, खुला ठाउँ, रुख तथा बिजुलीको पोल र तारमुनि नबस्न प्रहरीले सबैमा अनुरोध गरेको हो। चट्याङ परेका बेला घरभित्रै बस्दा सुरक्षित होइने प्रहरीले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.