केयूमा किलिण्डरले डिजिटल इकोसिस्टम बनाउने

केयूमा किलिण्डरले डिजिटल इकोसिस्टम बनाउने
सुन्नुहोस्

काठमाडौं : काठमाडौं विश्वविद्यालयमा किलिण्डरले डिजिटल इकोसिस्टममा बनाउने भएको छ। काठमाडौं विश्वविद्यालय र किलिण्डर सर्भिसेज प्रालिबीच विश्वविद्यालयमा 'डिजिटल इकोसिस्टम' बनाउन सम्झौता भएको हो। 

सम्झौतापत्रमा विश्वविद्यालयका तर्फबाट स्कूल अफ इन्जिनियरिङका एसोसिएट डीन प्रा.डा बालकृष्ण बाल र  किलिण्डरका तर्फबाट रवि किरण यादवले हस्ताक्षर गरेका छन्।

समझौताअन्तर्गत किलिण्डर सर्भिसेजले विश्वविद्यालयको लाइब्रेरी, क्यान्टिन तथा विद्यार्थीहरूका निम्ति डिजिटल यातायात सेवाको निर्माण गर्ने भनिएको छ। रवि किरण यादवले भने, 'विगत केही समयदेखि छलफलको क्रममा रहेको उक्त विषयवस्तुले आज हस्ताक्षरपश्चात् मूर्त रूप लिएको हो।'

प्रा.डा बालकृष्ण बालले उक्त सम्झौताले विश्वविद्यालयका सम्पूर्ण सेवाहरूलाई एकीकृत छाताभित्र ल्याउने तथा सेवा प्रवाहलाई छिटो छरितो तुल्याउने कामको थालनी भएको बताए। कम्पनीका प्रमुख प्राविधिक अधिकृत दीपेश बजगाईंका अनुसार विषयगत सेवाहरूको निर्माण तथा कार्यान्वयनबारे थप छलफल तथा विस्तृत योजना  बनाइनेछ। 

किलिण्डर सर्भिसेजले यसबाहेक सार्वजनिक यातायातलाई टिकेटिङ व्यवस्थापन प्रणाली तथा राष्ट्रिय निकुञ्जहरूको टिकेटिङ प्रणाली पनि निर्माण गरिसेकेको छ। उक्त कार्यक्रममा विश्वविद्यायका तर्फबाट प्रा.डा गजेन्द्र शर्मा र किलिण्डरका तर्फबाट सागर बोगटीको पनि उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.