पर्साको पटेर्वा सुगौलीमा सञ्चालनमा आयो जिल्लाकै पहिलो आधारभूत अस्पताल, देउवाले गरे उद्घाटन

पर्साको पटेर्वा सुगौलीमा सञ्चालनमा आयो जिल्लाकै पहिलो आधारभूत अस्पताल, देउवाले गरे उद्घाटन
सुन्नुहोस्

वीरगन्ज : चार वर्ष पहिले देशभर एकैसाथ शिलान्यास गरिएका ३०९ अस्पतालमध्येको पर्सामा पहिलो आधारभूत अस्पताल निर्माण भइ सञ्चालनमा आएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्माले २०७७ मंसिर १५ गते देशभर ३०९ वटा आधारभूत अस्पतालको शिलान्यास गरेका थिए। त्यसमध्ये पर्सा जिल्लामा ४ वटा आधारभूत अस्पतालको शिलान्यास गरिएकोमा पटेर्वा सुगौली गाँउपालिमा निर्मित आधारभूत अस्पताल सञ्चालनमा आएको हो।

२०७७ मंसिर १५ मा पर्सा जिल्लामा भने पटेर्वा सुगौली, धोबिनी, जिराभवानी र ठोरी गाउँपालिकामा गरी चार वटा आधारभूत अस्पतालको शिलान्यास गरिएकोमा जिल्लामा एकमात्र पटेर्वा सुगौलीको आधारभूत अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष दिनेश चौधरीले बताए।

मंगलबार पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस पर्साका सभापति शेरबहादुर देउवाले आधारभूत अस्पतालको समुद्‍घाटन गरेसँगै उक्त अस्पताल सञ्चालनमा आएको हो। देउवाले १० शय्याको अस्पतालको रिबन काटेर समुद्‍घाटन गरेका हुन्।

पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ सुगौली फरहदवा ८ करोड १० लाख रुपैयाँको लागतमा १० शय्याको आधारभूत अस्पताल निर्माण गरिएको हो। जसमा पालिकाले २ करोड रुपैयाँको विभिन्न उपकरणहरूको व्यवस्थापन गरेको पालिका उपाध्यक्ष ममता महतो थारुले जानकारी दिइन्।

उनका अनुसार मंगलबारदेखि सञ्चालनमा आएको आधारभूत अस्पतालमा डिजिटल एक्सरे, अत्याधुनिक प्रयोगशाला (ल्यब), इसिजी, अल्ट्रासाउन्ड (युसजी) र आफ्नै फार्मेसीको सेवा उपलब्ध छ। यस्तै ओपिडी सेवा र प्रसुती सेवा पनि उपलब्ध छ।

अस्पतालमा हप्ताको सातै दिन फिजिसियन चिकित्सक १ जना कार्यरत छन् भने हप्ताको १ दिन प्रसुती विशेषज्ञ चिकित्सक पनि खटिने उपाध्यक्ष थारुले जानकारी दिइन्। यसका साथै स्टाफ नर्स ३ जना र हेल्थ असिस्टेन्ट ६ जना कार्यरत रहेको उनले बताइन्।

यस अस्पतालमा पटेर्वा सुगौलीसँगै जिराभवानी, सखुवा प्रसौनी र जगरनाथपुर गरी चार पालिकाका बिरामी र सेवाग्राहीले लाभ लिने पटेर्वा सुगौली गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए।

यो आधारभूत अस्पताल सञ्चालनमा आएपछि यी चार पालिकाका बिरामी र सेवाग्राहीलाई उपचारका लागि अब सदरमुकाम वीरगन्जमा धाउन नपर्ने उनले बताए।

गाँउपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्षता तथा पूर्वप्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यतामा भएको उद्‍घाटन कार्यक्रममा संघीय सरकारका कानुनमन्त्री अजय चौरसिया, पूर्व उद्योगमन्त्री रमेश रिजाल, मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्री, कांग्रेस केन्द्रीय सदस्य अनिल रुंगटा, पूर्व केन्द्रीय सदस्य सुरेन्द्र चौधरी, प्रदेशसभा सदस्य श्याम पटेललगायतकोपनि सहभागिता थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.