प्युठानमा युवतीले जन्माइन् तिम्ल्याहा छोरी
बुटवल : प्युठान अस्पतालमा एक युवतीले तिम्ल्याहा छोरी जन्माएकी छन्। गौमुखी गाउँपालिका-६ लिवाङ निवासी २६ वर्षीय सरिता परियारले मंगलबार १३ मिनेटको अन्तरमा तिम्ल्याहा छोरीको जन्म दिएको प्युठान अस्पतालले जनाएको छ।
बिहान ११ बजेर २६ मिनेट जाँदा पहिलो छोरी १ किलो ८ सय ग्राम तौल, ११ बजेर ३५ मिनेटमा २ किलो र ११ बजेर ३९ मिनेटमा २ किलो एक सय ग्राम तौल रहेकी छोरीको जन्म दिएकी हुन्। नर्मल डेलिभरीबाट जन्मिएका तीन वटै छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
गाउँकै स्वास्थ्य चौकीमा भिडियो एक्सरे गराउँदा दुईवटा बच्चा देखिए पनि प्युठान अस्पतालमा सुत्केरी हुँदा तीनवटा जन्मिएको गाउँलेले जनाएका छन्।