धरानमा ५ हजार लिएर यौन व्यवसाय सञ्चालन, होटल सञ्चालकसहित ३ पक्राउ

धरानमा ५ हजार लिएर यौन व्यवसाय सञ्चालन, होटल सञ्चालकसहित ३ पक्राउ
सुन्नुहोस्

धरान : सुनसरीको धरानमा रातको ५ हजार असुल गरी यौन व्यवसाय सञ्चालन हुने गरेको पाइएको छ। मंगलबार होटलमा युवती राखेर यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा प्रहरीले होटल सञ्चालकसहित एक पुरुष र एक महिलालाई पक्राउ गरेको छ।

धरान उपमहानगरपालिका-८ मा सञ्चालनमा रहेको सिटी होटलमा छापा मारी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिटी होटल सञ्चालक पेमा ल्हामु शेर्पा र यौन क्रियाकलापमा संलग्न एक पुरुष र महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविनकृष्ण भण्डारीले बताए। 

उनले पक्राउ परेका पुरुष र महिलाको विषयमा अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गर्न नमिल्ने बताए। समाचार स्रोतका अनुसार पक्राउ परेका युवा–युवती धनकुटाका हुन्। होटल सञ्चालक शेर्पाले होटलमा आउने पुरुष ग्राहकलाई रकम लिएर युवतीलाई यौन व्यवसायमा लगाउने गरेको प्रहरीले बताएको छ। पक्राउ परेकी युवतीले होटलमा आउने ग्राहकहरूसँग रातको ५ हजार रुपैयाँ लिएर यौन व्यवसायमा लागेको प्रहरीलाई बताएकी छन्। 

होटलमा बसेबापतको भाडा होटल सञ्चालकले १५ सय लिने गरेको र ५ हजार रकममध्ये एक हजार सञ्चालकलाई कमिसन दिने गरेको ती युवतीको भनाइ छ। इलाका प्रहरी कार्यालय धरानमा हालसालै सरुवा भएर आएका डीएसपी प्रकाश जबेगुले धरानमा अवैध यौन व्यवसायलाई बन्द गराउन गलत क्रियाकलाप हुने होटलमा छापा मारिएको बताए। 

उनले होटलमा आधा दर्जनभन्दा बढी युवती राखेर यौन व्यवसाय सञ्चालन हुने गरेको गुनासोका कारण होटलमा छापा मारिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.