श्रीलंकन एयरलाइन्सले पायो साटाको गोल्ड अवार्ड

श्रीलंकन एयरलाइन्सले पायो साटाको गोल्ड अवार्ड
सुन्नुहोस्

काठमाडौं : श्रीलंकन एयरलाइन्सले साटा २०२४ मा दक्षिण एसियाको अग्रणी अन्तर्राष्ट्रिय एयरलाइन्स भिजिटर्स च्वाइस अवार्डअन्तर्गत गोल्ड अवार्ड जितेको छ। 

यस वर्षको कार्यक्रममा ५१ स्वर्ण र ९३ रजत विधामा विजेताको नाम घोषणा गरिएको थियो। साटाको आठौं संस्करणमा श्रीलंकन एयरलाइन्सले भिजिटर्स च्वाइस अवार्ड–दक्षिण एसियाको अग्रणी अन्तर्राष्ट्रिय एयरलाइन्सको विधाअन्तर्गत गोल्ड अवार्ड जितेको हो। नेपालको कन्ट्री म्यानेजर निलिना पाथिरानाले काठमाडौंमा आयोजित गाला एण्ड अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरेका थिए। 

साउथ एसियन ट्राभल अवार्ड्स (साटा) ले सन् २०१६ देखि दक्षिण एसियाका उत्कृष्ट हस्पिटालिटी र ट्राभल उद्योगलाई मान्यता दिँदै आएको छ। यसको मुख्य आयोजकहरु माल्दिभ्सबाट रहेका छन्। साटा अवार्डमा पर्यटन उद्योगका प्रमुख संस्थाहरु होटल, रिसोर्ट, एयरलाइन्स, लाउन्ज, ट्राभल एजेन्टहरू र क्रुज लाइनहरू सहित विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व रहने गरेको छ।  

साटालाई १८ भन्दा बढी क्षेत्रीय पर्यटन संगठन र निकायहरूद्वारा अनुमोदन गरिएको छ, जसले यात्रा क्षेत्रमा यसको विश्वसनीयता र महत्वलाइ दर्शाउँछ। यस संस्करणको लागि ४०० भन्दा बढी संस्थाहरु प्रतिस्पर्धीको रुपमा सहभागि थिए।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीको उपस्थिति थियो।  

साटा अवार्डले आतिथ्य क्षेत्रभित्र उत्कृष्ट सेवा र नवीनतालाई मान्यता दिनुका साथै उद्योगका सरोकारवालाहरूबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्यको भावनालाई बढावा दिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.