रवि लामिछानेलाई पक्राउ नगर्न माग गर्दै वीरगन्जमा प्रदर्शन

रवि लामिछानेलाई पक्राउ नगर्न माग गर्दै वीरगन्जमा प्रदर्शन
सुन्नुहोस्

वीरगन्ज : रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ नगर्न माग गर्दै वीरगन्जमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन्। साथै उनीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन्।

सहकारी ठगी प्रकरणमा मुछेर सभापति लामिछानेलाई फसाउन खोजिएको र धरपकड गर्ने प्रयास गरिएको भन्दै रास्वपाका नेताकार्यकर्ताले वीरगन्जमा प्रदर्शन गरेका हुन्। रास्वपा पर्साका संयोजक हरि पन्तको नेतृत्वमा गरिएको प्रदर्शनमा सहभागीहरूले प्लेकार्ड बोकेर सरकार र सत्तारूढ दलहरूविरुद्ध नाराबाजी पनि गरेका थिए।

त्यसअघि उनीहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। उक्त ज्ञापनपत्रमा लेखिएको छ, ‘सहकारी संसदीय छानबिन समितिले स्पष्ट रुपमा आफ्नो प्रतिवेदनमा रास्वपाका केन्द्रीय सभापति रवि लामिछानेजीको सहकारी रकम ठगी तथा हिनामिनामा कुनै पनि किसिमको संलग्नता नरहेको, उनले ब्यक्तिगत रूपमा कुनै पनि सहकारीबाट कुनै किसिमले रकम ऋण नलिएको, उनी कुनै पनि सहकारीको सदस्य एवं प्रबन्धकसमेत नरहेको र उनले कुनै पनि सहकारीमा ऋण लिनका निम्ति फारम तथा निवेदनसमेत नदिएको कुरा स्पष्ट रूपमा उल्लेख हुँदाहुँदै पनि राजनीतिक प्रतिशोध साँध्न लामिछानेमाथि धरकपड र थुनछेक गरिने परिस्थिति सिर्जना गर्न लागेको हामीले अनुभूति गरेका छौं। अतः सत्ता र शक्तिको दुरुपयोग गरी नेपालको विधमान ऐन कानुनविपरीत गएर राजनीतिक प्रतिशोध साँध्नका निम्ति यस्तो दुर्भाग्यपूर्ण अवस्था आएमा, यसबाट उत्पन्न हुने सम्पुर्ण असहज परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वयं हुने कुराको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.