अस्पताललाई उपकरण हस्तान्तरण
नुवाकोट : त्रिशूली अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण गरिएको छ। विदुर कर परामर्श सेवाले १३ औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई उपकरण प्रदान गरेको हो।
विदुर नगरपालिका–४ विदुरमा मुख्य कार्यालय रहेर नुवाकोट, रसुवा र धादिङमा कर सम्बन्धी विविध सेवा सुविधा दिँदै आइरहेको विदुर कर परामर्श सेवाले आफ्नो १३ औं वार्षिकोत्सवका अवसरमा त्रिशूली अस्पताल पुगेर एक थान ह्विल चेयर, दुई थान मेडिसिन ट्रली हस्तान्तरण गरेको हो।
केन्द्रका प्रबन्ध निर्देशक दिनेशकुमार श्रेष्ठले अस्पतालका निर्देशक डा. राजेन्द्र लामालाई उपकरण हस्तान्तरण गरे। विदुर कर परामर्श केन्द्रको वार्षिकोत्सवको अवसरमा त्रिशूली अस्पताललाई उपलब्ध गराइएको ह्विलचियर र ड्रेसिङ ट्रलीबाट उपचारमा सहज भएको डा. लामाले बताए।
केन्द्रको वार्षिकोत्सवमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले राज्यलाई कर तिर्नु सबैको कर्तव्य भएको बताउँदै करको दायरा बढाउनुपर्ने जनाए।