आगामी तीन दिन यी स्थानमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध
काठमाडौं : आगामी तीनदिनसम्म नेपालका सबै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान कोशी, मधेश,बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा भैरहेको महाशाखाले उल्लेख गरेको छ। आज दिउँसो सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित सामान्य पानी पर्ने साथै कोशी, बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा र कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरुमा हावाहुरी आउने महाशाखाको बुलेटिनमा उल्लेख छ।
भोलि देशभर नै सामान्य वर्षा हुने सम्भावना रहेको तथा कोशी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने जनाइएको छ। बिहीबार पनि देशका तराई भू-भागका केही स्थानहरुमा हावाहुरी आउने बुलेटिनमा उल्लेख छ।
शुक्रबार कोशी,मधेश,बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । कोशी, बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मुसलधारे पानी पर्ने छ। देशका तराई भू-भागका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।
भारी वर्षा तथा हावाहुरी आउने सम्भावना भएको स्थानमा रहने सबैले सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।