इजरायल-गाजा द्वन्द्व बढेपछि लेबनान र इजरायल सीमाबाट लाखौं मानिस विस्थापित

इजरायल-गाजा द्वन्द्व बढेपछि लेबनान र इजरायल सीमाबाट लाखौं मानिस विस्थापित
सुन्नुहोस्

इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण इजरायल-लेबनान सीमामा लाखौं मानिस प्रभावित भएका छन्। मानिसहरू सीमा क्षेत्रबाट सुरक्षित स्थानतर्फ सरिरहेका छन्।

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले इजरायलको पछिल्लो आक्रमणका कारण हजारौं मानिस विस्थापित भएको बताएका छन्। इजरायल-लेबनान सीमाबाट मानिसहरू सुरक्षित स्थानमा सर्नु पर्ने अवस्था आएको यो पहिलो पटक भने होइन।

संयुक्त राष्ट्रसंघका अनुसार गत अक्टोबर ७ बाट सुरु भएको इजरायल–हमास द्वन्द्वका कारण हालसम्म इजरायल र लेबनानको सीमा क्षेत्रमा बसोबास गर्ने करिब दुई लाख मानिस विस्थापित भएका छन् ।

यस महिनाको सुरुमा जारी गरिएको तथ्याङ्क अनुसार दक्षिणी लेबनानबाट विस्थापित हुनेमा १ लाख १३ हजारभन्दा बढी व्यक्तिहरू समावेश छन्। यसै क्रममा उत्तरी इजरायलबाट करिब ६० हजार मानिस विस्थापित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.